आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

लन्डन । यूकेको सबैभन्दा व्यस्त लन्डनस्थित  हिथ्रो विमानस्थल तत्कालका लागि बन्द गरिएको छ । नजिकैको इलेक्ट्रिकल सबस्टेशनमा लागेको आगोले गर्दा विद्युत् आपूर्ति बिच्छेद भएपछि शुक्रबार विमानस्थल पूर्णरुपमा बन्द गरिएको हो । फ्लाइट ट्र्याकिंग वेबसाइटका अनुसार शुक्रबार हिथ्रो विमानस्थालमा अवतरण गर्ने १ हजार ३५१ उडानहरु प्रभावित भएका छन् । एअरपोर्ट बन्द गरिने घोषणा गर्दा १ सय […]

Mar 21, 2025 - 07:40
 0
आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

लन्डन । यूकेको सबैभन्दा व्यस्त लन्डनस्थित  हिथ्रो विमानस्थल तत्कालका लागि बन्द गरिएको छ । नजिकैको इलेक्ट्रिकल सबस्टेशनमा लागेको आगोले गर्दा विद्युत् आपूर्ति बिच्छेद भएपछि शुक्रबार विमानस्थल पूर्णरुपमा बन्द गरिएको हो ।

फ्लाइट ट्र्याकिंग वेबसाइटका अनुसार शुक्रबार हिथ्रो विमानस्थालमा अवतरण गर्ने १ हजार ३५१ उडानहरु प्रभावित भएका छन् । एअरपोर्ट बन्द गरिने घोषणा गर्दा १ सय २० वटा जहाजहरु आकाशमा अवतरणको तयारीमा रहेको बीबीसीले जनाएको छ ।

वेष्ट लन्डनस्थित हेजमा रहेको सबस्टेशनमा आगलागी भएपछि एअरपोर्टमा विद्युत कटौती भएको हो । बिहीबार राति २३:२३ मा आपतकालीन सेवाहरु घटनास्थल पुगेका थिए । आगो नियन्त्रणमा लिन १० फायर इन्जिन र ७० जति फायर फाइटरहरू संलग्न रहेका थिए ।

आगलागीका कारण हजारौं घरहरूमा विद्युत् कटौती भएको छ भने आसपासका १५० जनालाई सुरक्षित ठाउँमा सारिएको छ। विद्युत आपूर्तिकर्ता स्कटिस एण्ड साउदर्न इलेक्ट्रिसिटी नेटवर्क्सले दिएको जानकारी अनुसार आगलागीका कारण १६ हजार भन्दा बढी घरहरूमा विद्युत् आपूर्ति बन्द भएको छ।

एयरपोर्टका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न हिथ्रोलाई २१ मार्चको राति २३:५९ बजेसम्म बन्द राखिनेछ,’ । हामीलाई थाहा छ यात्रुहरूका लागि पक्कै पनि निराशाजनक अवस्था हुनेछ, तर हामी यो स्थिति समाधान गर्न पूरा प्रयास गरिरहेका छौं।‘ विज्ञप्तिमा उल्लेख छ ।

एअरपोर्टमा भएको अवरोधका लागि माफी माग्दै थप जानकारीका लागि सम्बन्धित एअर्लाइन्ससंग सम्पर्क गर्न आग्रह गरेको छ । विद्युत् आपूर्ति कहिलेबाट सुचारु हुन्छ भन्ने बारेमा अझै स्पष्ट भएको छैन ।

हिथ्रो एअरपोर्ट यूकेको सबैभन्दा ठूलो एयरपोर्ट हो, जहाँ प्रतिदिन १ हजार ३ सय जहाजहरु अवतरण र उडान गर्छन्। पछिल्लो नयाँ तथ्याङ्क अनुसार, गत बर्ष ८३.९ मिलियन यात्रुहरूले यस टर्मिनल प्रयोग गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register