गाजामा इजरायली हवाई आक्रमण : हमासका शीर्ष नेता र उनकी श्रीमतीको मृत्यु

काठमाडौं । गाजाको दक्षिणी सहर खान युनिसमा इजरायलले हवाई आक्रमण गरेको छ । उक्त आक्रमणबाट आफ्ना शीर्ष राजनीतिक नेता सलाह अल–बर्दाविल मारिएको हमासका एक अधिकारीले जानकारी दिएको बीबीसीले जनाएको छ । स्थानीयहरूले हवाई आक्रमणमा बर्दाविल र उनकी श्रीमती दुवैको मृत्यु भएको बताएका छन् । यद्यपि, इजरायली अधिकारीहरूको तर्फबाट अहिलेसम्म कुनै टिप्पणी आएको छैन । मङ्गलबार […]

Mar 23, 2025 - 04:16
 0
गाजामा इजरायली हवाई आक्रमण : हमासका शीर्ष नेता र उनकी श्रीमतीको मृत्यु

काठमाडौं । गाजाको दक्षिणी सहर खान युनिसमा इजरायलले हवाई आक्रमण गरेको छ । उक्त आक्रमणबाट आफ्ना शीर्ष राजनीतिक नेता सलाह अल–बर्दाविल मारिएको हमासका एक अधिकारीले जानकारी दिएको बीबीसीले जनाएको छ ।

स्थानीयहरूले हवाई आक्रमणमा बर्दाविल र उनकी श्रीमती दुवैको मृत्यु भएको बताएका छन् । यद्यपि, इजरायली अधिकारीहरूको तर्फबाट अहिलेसम्म कुनै टिप्पणी आएको छैन ।

मङ्गलबार पनि इजरायली सेनाले गाजामा ठूलो आक्रमण गरेको थियो । यी आक्रमणका लागि इजरायलले हमासलाई जिम्मेवार ठहर्याएको छ ।

पछिल्ला आक्रमणहरूले जनवरी १९ मा सुरु भएको र लगभग दुई महिनासम्म शान्ति कायम राखेको युद्धविराम सम्झौता समाप्त पारेको छ ।

इजरायल र हमासले दुवैले एकअर्कामाथि युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका एक अधिकारीले दिएको जानकारीअनुसार विगत २४ घण्टामा गाजाका विभिन्न भागमा ३२ प्यालेस्टिनीको मृत्यु भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register