लालीगुराँसले ढकमक्क गोर्खाको गुप्सिपाखा (तस्विरहरू)

काठमाडौँ । लालीगुराँसले अहिले पहाडी क्षेत्रको वनपाखा राताम्मे भएका छन् । काठमाडौँ उपत्यकाका वनपाखा तथा देशका पहाडी क्षेत्रमा विभिन्न प्रजातिका रङ्गीविरङ्गी लालीगुराँसले वनपाखासँगै गाउँबस्ती नै झिलिमिली बनाएको छ । गोरखा जिल्लाको धार्चे गाउँपालिकाको गुप्सिपाखा क्षेत्रमा फुलेको लालीगुराँसले हरियो जंगललाई लाली लगाउने र सुन्दरता बढाउने काम गरेको छ, जसका कारण सो क्षेत्रमा पर्यटकहरूको आर्कषण बढ्न थालेको […]

Mar 23, 2025 - 06:28
 0
लालीगुराँसले ढकमक्क गोर्खाको गुप्सिपाखा (तस्विरहरू)

काठमाडौँ । लालीगुराँसले अहिले पहाडी क्षेत्रको वनपाखा राताम्मे भएका छन् । काठमाडौँ उपत्यकाका वनपाखा तथा देशका पहाडी क्षेत्रमा विभिन्न प्रजातिका रङ्गीविरङ्गी लालीगुराँसले वनपाखासँगै गाउँबस्ती नै झिलिमिली बनाएको छ ।

गोरखा जिल्लाको धार्चे गाउँपालिकाको गुप्सिपाखा क्षेत्रमा फुलेको लालीगुराँसले हरियो जंगललाई लाली लगाउने र सुन्दरता बढाउने काम गरेको छ, जसका कारण सो क्षेत्रमा पर्यटकहरूको आर्कषण बढ्न थालेको छ ।

राता रङका लालिगुराँसगुलाबी, सेता र पहेँला लगायत विभिन्न प्रजातिका गुराँस यहाँ पाइन्छ । जिल्लाकै दुर्गम र उत्तरी भेगमा पर्ने यस क्षेत्रमा लालीगुराँस र हरियाली पहाडले पर्यटक तान्नुका साथै यस क्षेत्रलाई शोभनीय पनि बनाएको छ । वनस्पतिविद्हरूका अनुसार लालीगुराँस समुद्री सतहबाट १ हजार ३ सयदेखि ४ हजार ६ सय मिटर उचाइमा पाइन्छ । 

यद्यपि चैत पहिलो सातादेखि फुल्ने यो फूल जलवायु परिवर्तनको असरले अचेल माघ-फागुन महिनामै फुल्न थालेको छ । लालीगुराँसको रूख १० सेन्टीमिटरदेखि ३० मिटरसम्म अग्लो हुन्छ । संसारभरि १ हजारभन्दा बढी प्रजातिमा पाइने यो फूललाई अङ्ग्रेजीमा रोडोडेनड्रन भनिन्छ । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register