एपीएफले गण्डकीलाई हरायो
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । एक्स्ट्रा टेक ओभलमा आइतबार भएको खेलमा एपीएफले गण्डकीलाई ३१ रनले हराएको हो । २५९ रनको लक्ष्य पछ्याएको गण्डकीले पूरै ओभरमा ८ विकेटको क्षतिमा २२७ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि अर्जुन कुमालले ३९ र दिनेश बुढामगरले ३४ रन बनाए । एपीएफका लागि […]

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
एक्स्ट्रा टेक ओभलमा आइतबार भएको खेलमा एपीएफले गण्डकीलाई ३१ रनले हराएको हो ।
२५९ रनको लक्ष्य पछ्याएको गण्डकीले पूरै ओभरमा ८ विकेटको क्षतिमा २२७ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि अर्जुन कुमालले ३९ र दिनेश बुढामगरले ३४ रन बनाए ।
एपीएफका लागि अभिषेक गौतमले ३ विकेट लिए ।
पहिले ब्याटिङ गरेको एपीएफ ४९.२ ओभरमा २५८ रन बनाएर अलआउट भएको थियो ।
एपीएफका लागि आसिफले अर्धशतकीय पारी खेले । आसिफले ७४ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ८० रन बनाए । लोकेश बमले भने ४६ रन बनाए ।
गण्डकीका लागि सन्दीप पराजुली र सुदीप अर्यालले ३–३ विकेट लिए ।
What's Your Reaction?






