ब्राउन सुगरसहित २ जना पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ३.६९ ग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित २ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा न. ५ विलाउने स्थितमा सप्तरीबाट गाइघाटतर्फ आउँदै गरेको प्र.२-०१-००२ प ७८६३ नं […]

Mar 24, 2025 - 07:57
 0
ब्राउन सुगरसहित २ जना पक्राउ

उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ३.६९ ग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित २ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा न. ५ विलाउने स्थितमा सप्तरीबाट गाइघाटतर्फ आउँदै गरेको प्र.२-०१-००२ प ७८६३ नं को मोटर साईकललाई चेक जाँच गर्दा चालक जिल्ला उदयपुर त्रियुगा न.पा. ३ मोतिगडा बस्ने वर्ष ३७ को रत्न भन्ने रोहित चौधरी र सोही मोटरसाइकलमा पछाडी सवार बस्ने वर्ष ३१ को नागेश्वर चौधरीलाई प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

निजहरूको साथबाट ३.६९ ग्राम ब्राउन सुगर फेला परेको छ । निजहरु सवार मोटरसाइकल समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register