एनएसएलको अवसरमा एनसेलको मैत्रीपूर्ण फुटबल खेल, पत्रकार सङ्घ विजयी

काठमाडौं । एनसेलले यही चैत १५ गतेबाट सुरु हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) को अवसरमा लैनचौर खेलमैदानमा मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ। तीन टिमको सहभागिता रहेको खेलमा नेपाल खेलकुद पत्रकार सङ्घको टिम विजयी भएको छ। सेभेन ए साइड फुटबल मैदानमा भएको खेलमा पहिलो खेल एनसेल टिम र पूर्व राष्ट्रिय खेलाडी अनिल गुरुङको नेतृत्वको […]

Mar 24, 2025 - 16:11
 0
एनएसएलको अवसरमा एनसेलको मैत्रीपूर्ण फुटबल खेल, पत्रकार सङ्घ विजयी

काठमाडौं । एनसेलले यही चैत १५ गतेबाट सुरु हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) को अवसरमा लैनचौर खेलमैदानमा मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ। तीन टिमको सहभागिता रहेको खेलमा नेपाल खेलकुद पत्रकार सङ्घको टिम विजयी भएको छ।

सेभेन ए साइड फुटबल मैदानमा भएको खेलमा पहिलो खेल एनसेल टिम र पूर्व राष्ट्रिय खेलाडी अनिल गुरुङको नेतृत्वको कलाकार तथा मोडल टिमबीच भएको थियो। एनसेलले उक्त खेल २-१ ले जितेको थियो।

एनसेल एनएसएलको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल नेपाल खेलकुद पत्रकार सङ्घको टिम र एनसेल टिमबीच भएको थियो। फाइनल खेल पत्रकार सङ्घले २-० ले जितेको थियो।

चैत १५ गतेबाट सुरु भई वैशाख १३ गते समापन हुने एनएसएल सिजन ३ मा एनसेल मुख्य प्रायोजकको रुपमा रहेको छ। यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी सात टोलीले प्रतिस्पर्धा गर्नेछन्।

“एनएसएलसँग एनसेलको सहकार्यले खेलकुद क्षेत्रको विकासप्रति हाम्रो प्रतिबद्धतालाई देखाउँछ। यो सहकार्य ‘हामी तपाईंकै लागि’ भन्ने एनसेलको नारामा आधारित छ। फुटबलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्ने विश्वास छ,” एनसेलका प्रमुख कमर्सियल अफिसर उमेर मोहसिनले भने।

एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न सहयोग गर्नुका साथै खेल विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ। यो साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवा क्षमता अभिवृद्धिमा एनसेलको निरन्तरको योगदानलाई स्पष्ट पारेको छ।

जिम्मेवार कर्पोरेट संस्थाको रुपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। कम्पनीले फुटबल, क्रिकेट, भलिबल, गल्फलगायत खेल र एनसेल फाउन्डेसनमार्फत पारा खेलाडीको सीप विकास र प्रशिक्षणमा सहयोग गर्दै आएको छ।

एनएसएल सिजन ३ दशरथ रंगशालामा एक महिनासम्म सञ्चालन हुनेछ। विभिन्न सात क्लबका उत्कृष्ट खेलाडीलाई एकै मञ्चमा ल्याउने यो प्रतियोगिताले नेपाली फुटबललाई थप उचाइमा पुर्‍याउने र खेलप्रति गहिरो सम्बन्ध निर्माण गर्ने विश्वास लिइएको छ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register