आर्थिक प्रारदिशितामा माच्छापुच्छे गाउँपालिक अबल

कास्की । कास्कीका पालिकाहरूको वित्तिय सुशासन जोखिम मुल्यांकनको नतिजा प्रति माछापुच्छ्रे गाउँपालिकाको असन्तुष्टि एक महत्त्वपूर्ण विषय हो। माछापुच्छ्रे गाउँपालिकाले २०८०/८१को वित्तिय सुशासन जोखिम मुल्यांकनमा केवल ४५ प्रतिशत अङ्क हासिल गरी अन्तिम स्थानमा आएपछि, गाउँपालिकाकी उपाध्यक्ष सिता अधिकारीले यस विषयमा गम्भीर प्रश्न उठाएकी छिन्। यसै गरी वडा न २ का युवा वडा अध्यक्ष गणेश आचार्यले प्राकृतिक […]

May 15, 2025 - 05:59
 0
आर्थिक प्रारदिशितामा माच्छापुच्छे गाउँपालिक अबल

कास्की ।

कास्कीका पालिकाहरूको वित्तिय सुशासन जोखिम मुल्यांकनको नतिजा प्रति माछापुच्छ्रे गाउँपालिकाको असन्तुष्टि एक महत्त्वपूर्ण विषय हो। माछापुच्छ्रे गाउँपालिकाले २०८०/८१को वित्तिय सुशासन जोखिम मुल्यांकनमा केवल ४५ प्रतिशत अङ्क हासिल गरी अन्तिम स्थानमा आएपछि, गाउँपालिकाकी उपाध्यक्ष सिता अधिकारीले यस विषयमा गम्भीर प्रश्न उठाएकी छिन्।

यसै गरी वडा न २ का युवा वडा अध्यक्ष गणेश आचार्यले प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा गाउँपालिकाले ६६।८७ र लिजामा ९४ प्रतिशत प्राप्त गरेर पहिलो स्थान प्राप्त गरिसकेको छ, त्यसो हुनहाँस वित्तिय सुशासन जोखिम मुल्यांकनमा यत्रो नीचो स्थानमा पुग्नु कस्तो कारणले हो भन्ने प्रश्न उनले उठाएका थिए ।

उहाँले भन्नुभयो जिसस कास्कीले पोखरा महानगरलाई पुनः सुचिकाण पठाउने अवसर दिएको भए पनि माछापुच्छ्रे गाउँपालिकालाई त्यस्तो अवसर नदिएकोमा असन्तुष्टि प्रकट गर्नुभएको थियो । यसले गर्दा अन्य मापदण्डहरूमा राम्रो प्रदर्शन गर्ने गाउँपालिकालाई वित्तिय सुशासनको मूल्याँकनमा चित्त बुझ्दो परिणाम नआएको प्रति गुनासो गर्नु भएको छ।

उपाध्यक्ष सिता अधिकारीको अनुसार, कार्य सम्पादनमा सुधारको प्रयास हुनतपनि जानकारी न दिने कर्मचारीको कमीले गर्दा यस्तो परिणाम आएको हो। तसर्थ, यस अवस्थामा सुधारका लागि सिष्टममा डोक्युमेंटेशन पुरा गर्नुपर्ने आवश्यकतालाई भने औल्याइन्।

यस प्रकारका मुल्यांकन र मूल्याङ्कनहरूको परिणामले स्थानीय प्रशासनको कार्यसम्पादन र पारदर्शिता सुधार्न चुनौतीको साथै अवसर पनि प्रस्तुत गर्दछ। माछापुच्छ्रे गाउँपालिकासँगै अन्य पालिकाहरूले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register