त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु, सहचालक घाइते

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको ट्रक त्रिशुली नदीमा खसेको छ । मङ्गलबार बिहान कोइला बोकेको ट्रक चौधकिलोबाट त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् । बिहान करिब साढे ६ बजेतिर बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा परी ट्रक […]

Mar 25, 2025 - 03:53
 0
त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु, सहचालक घाइते

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको ट्रक त्रिशुली नदीमा खसेको छ ।

मङ्गलबार बिहान कोइला बोकेको ट्रक चौधकिलोबाट त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् ।

बिहान करिब साढे ६ बजेतिर बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३०÷३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको हो ।

यस्तै सहचालक रौतहटकै १९ वर्षीय असुन्द्रकुमार यादव घाइते भएको प्रहरीले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register