विद्युत प्राधिकरणका कार्यालय प्रमुखको कार्यकक्षमा तोडफोड, भरतपुर वितरण केन्द्रका प्रमुख पनि कुटिए ! 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रमा तोडफोड गरिएको छ । मंगलबार बिहान अज्ञात समूहले प्राधिकरणको भरतपुर वितरण केन्द्रमा तोडफोड गरिएको हो । कार्यालयमा भएको तोडफोडको घटनाबारे प्राधिकरणको भरतपुर वितरण केन्द्रले विज्ञप्ति जारी गरेरै जानकारी दिएको छ ।  कार्यालयका अनुसार डिजिटल बोर्ड ह्याक भएको घटनाबारे छानबिन गर्न र संलग्नलाई साइबर अपराध तथा कानून अनुसार […]

Mar 25, 2025 - 08:59
 0
विद्युत प्राधिकरणका कार्यालय प्रमुखको कार्यकक्षमा तोडफोड, भरतपुर वितरण केन्द्रका प्रमुख पनि कुटिए ! 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रमा तोडफोड गरिएको छ । मंगलबार बिहान अज्ञात समूहले प्राधिकरणको भरतपुर वितरण केन्द्रमा तोडफोड गरिएको हो ।

कार्यालयमा भएको तोडफोडको घटनाबारे प्राधिकरणको भरतपुर वितरण केन्द्रले विज्ञप्ति जारी गरेरै जानकारी दिएको छ । 

कार्यालयका अनुसार डिजिटल बोर्ड ह्याक भएको घटनाबारे छानबिन गर्न र संलग्नलाई साइबर अपराध तथा कानून अनुसार कारवाहीको माग गर्दैगर्दा करिब १ बजेको समयमा ३५-४० जनाको समूह कार्यालयमा प्रवेश गरेका तोडफोड गरेका थिए । 

उनीहरुले कार्यालय प्रमुखको कार्यकक्षमा तोडफोड गर्नुका साथै कार्यालय प्रमुख रामु श्रेष्ठमाथि पनि कुटपिट गरेको कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्ता गतिविधिले असुरक्षित महसुस भएको भन्दै घटनामा संलग्नलाई कारवाहीको माग गर्न र विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई सुरक्षाको प्रत्याभूति गराउन प्राधिकरणले माग गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register