डेडिकेटेड र ट्रङ्कलाइन बक्यौतामा प्रक्रियागत ढंगले समाधान निकाल्छु : हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेपछि आफुले न्याय पाएको बताएका छन् । मङ्गलबार साँझ नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गर्दै डेडिकेटेड र ट्रङ्कलाइन बक्यौताका विषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दावी गरेका हुन्। उनले दुईहप्ताभित्र केहि सकारात्मक नतिजा देखिने गरि काम गर्ने समेत उल्लेख गरे । यसअघिको आफ्नो […]

Mar 25, 2025 - 14:11
 0
डेडिकेटेड र ट्रङ्कलाइन बक्यौतामा प्रक्रियागत ढंगले समाधान निकाल्छु : हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेपछि आफुले न्याय पाएको बताएका छन् । मङ्गलबार साँझ नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गर्दै डेडिकेटेड र ट्रङ्कलाइन बक्यौताका विषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दावी गरेका हुन्।

उनले दुईहप्ताभित्र केहि सकारात्मक नतिजा देखिने गरि काम गर्ने समेत उल्लेख गरे । यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए । प्राधिकरणमा पुग्दा कर्मचारीहरुले शाक्यलाई स्वागत गरेका थिए ।

शाक्यले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिक रुपमा समाधान गर्ने जिकिर गरे । शाक्यले लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारे ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register