बजेट ल्याउने दिन परिवर्तन गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले बजेट ल्याउने दिन परिवर्तन गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै निधिले यस्तो माग गरेका हुन् । उनले गणतन्त्रकै दिन बजेट ल्याउने व्यवस्था संशोधन गर्न माग गरेका छन् । गणतन्त्र दिवस र बजेटको तुलना हुन नसक्ने भन्दै जेठ १५ गते (गणतन्त्र दिवस) नै […]

May 15, 2025 - 07:51
 0
बजेट ल्याउने दिन परिवर्तन गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले बजेट ल्याउने दिन परिवर्तन गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै निधिले यस्तो माग गरेका हुन् ।

उनले गणतन्त्रकै दिन बजेट ल्याउने व्यवस्था संशोधन गर्न माग गरेका छन् ।

गणतन्त्र दिवस र बजेटको तुलना हुन नसक्ने भन्दै जेठ १५ गते (गणतन्त्र दिवस) नै बजेट ल्याउने व्यवस्था परिवर्तन गर्न माग गरेका हुन् । उनले संविधान संशोधन गरेर भए पनि बजेट ल्याउने मिति सार्न माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register