नेपाल राष्ट्र बैंकमा डिजिटल फाइनान्स इनोभेसन हब स्थापना
काठमाडौं । डिजिटल वित्तीय सेवा प्रवर्द्धन र नवप्रवर्तनलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको छ । भुक्तानी प्रणाली विभाग मातहत रहनेगरी राष्ट्र बैंकले आजदेखि यो हब औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । बैंकिङ तथा भुक्तानी प्रणालीमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्न वित्तीय नवप्रवर्तकहरूलाई नीति तथा नियमनसम्बन्धी जानकारी दिने, नवप्रवर्तनकारी प्रस्तावहरूको विश्लेषण गर्ने र तिनले ल्याउन सक्ने अवसर तथा चुनौतीबारे नियामकीय दृष्टिकोण प्रदान गर्ने उद्देश्यले यो हब सञ्चालनमा ल्याइएको...

What's Your Reaction?






