‘सङ्घर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न दिँइदैन’

झापा, १५ चैत । समाजवादी मोर्चा नेपालले आज राजधानीमा जनसभाको आयोजना गर्‍यो । जनसभामा नेताहरूले नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा पनि सफल हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न नदिइने स्पष्ट पार्नुभयो । गणतन्त्रवादीले [...] The post ‘सङ्घर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न दिँइदैन’ appeared first on Jhapa Online.

Mar 28, 2025 - 14:04
 0
‘सङ्घर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न दिँइदैन’

झापा, १५ चैत । समाजवादी मोर्चा नेपालले आज राजधानीमा जनसभाको आयोजना गर्‍यो । जनसभामा नेताहरूले नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा पनि सफल हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जनसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न नदिइने स्पष्ट पार्नुभयो । गणतन्त्रवादीले गरेको कमीकमजोरीका कारण प्रतिक्रियावादीले केही लाभ लिएको उल्लेख गर्नुहुँदै उहाँले वर्तमान सरकारले आफ्नो कार्यशैली सुधारेर जनअपेक्षा पूरा गर्नतर्फ केन्द्रित हुन सुझाव दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ठूलो सङ्घर्षबाट जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले वंशको दासत्व कुनै हालतमा स्वीकार्य नरहेको बताउनुभयो । अध्यक्ष नेपालले जनअपेक्षा पूरा गर्न नसक्दा असन्तुष्टि पैदा भएकोले जनचाहना पूरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको सङ्घर्षको बलमा परास्त भएका शक्ति फेरि जुरमुराउने प्रयास गरिरहेको पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्कने विषय कुनै हालतमा स्वीकार्य नभएको बताउनुभयो । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले प्रतिगामी शक्तिहरूले द्वन्द्व निम्त्याएर मुलुकलाई अप्ठ्यारोमा पार्न चाहेको जिकिर गर्नुभयो ।

The post ‘सङ्घर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न दिँइदैन’ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register