ज्ञानेन्द्रलाई राजा हुँदाजस्तै जनतालाई आतङ्क नदेखाउन सिटौलाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा हुँदाजस्तै जनतालाई आतङ्क नदेखाउन चेतावनी दिएका छन् । शनिबार बीपी चिन्तन प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनाका विषयमा ज्ञानेन्द्रले जवाफ दिनुपर्ने समेत बताएका हुन् । ‘राजा हुँदा पनि जनतामाथि आतङ्क, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतङ्क […]

Mar 29, 2025 - 09:52
 0
ज्ञानेन्द्रलाई राजा हुँदाजस्तै जनतालाई आतङ्क नदेखाउन सिटौलाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा हुँदाजस्तै जनतालाई आतङ्क नदेखाउन चेतावनी दिएका छन् ।

शनिबार बीपी चिन्तन प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनाका विषयमा ज्ञानेन्द्रले जवाफ दिनुपर्ने समेत बताएका हुन् ।

‘राजा हुँदा पनि जनतामाथि आतङ्क, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतङ्क ?,’ सिटौलाले प्रश्न गरे । उनले राजाहरूको पटकपटकको लोकतन्त्रमाथिको अतिक्रमणपछि गणतन्त्र आएको स्मरण गराउँदै अब राजतन्त्र पुनस्थापना सम्भव नभएको दाबी गरे ।

‘हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजतन्त्र पक्षधरहरूले जे हिंसात्मक र दु:खद् घटना घटाए, त्यसप्रति मेरो खेद छ। घटनाको म भत्र्सना गर्दछु,’ उनले भने, ‘घटना ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन ? यदि हो भने उनले जिम्मेवारी लिनुपर्छ ।’

सिटौलाले ज्ञानेन्द्रलाई सरकारले दिएको सम्मान र सुरक्षाको ख्याल गर्न सुझाए । ‘पूर्व राजा ज्ञानेन्द्र पोखराबाट फर्कँदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुनजुन कुराहरु उठान भएका छन्, त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ,’ उनले भने, ‘उहाँको निवासमा प्रदर्शनको संचालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन् ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register