ज्ञानेन्द्रलाई जरिवाना तिर्न बालेनले पत्र काटेपछि कमल थापाको आपत्ति

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्रलाई काठमाडौं महानगरले पत्र काटेपछि आपत्ति जनाएका छन् । राजावादी समूहले शुक्रवार काठमाडौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि भएको क्षतिको जरिवाना तिर्न महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई पत्र काटेको थियो । महानगरले तीनकुने घटनामा भएको क्षतिको जिम्मेवार ठहर्दै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिर्न ज्ञानेन्द्रलाई पत्र […]

Mar 29, 2025 - 12:40
 0
ज्ञानेन्द्रलाई जरिवाना तिर्न बालेनले पत्र काटेपछि कमल थापाको आपत्ति

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्रलाई काठमाडौं महानगरले पत्र काटेपछि आपत्ति जनाएका छन् । राजावादी समूहले शुक्रवार काठमाडौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि भएको क्षतिको जरिवाना तिर्न महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई पत्र काटेको थियो ।

महानगरले तीनकुने घटनामा भएको क्षतिको जिम्मेवार ठहर्दै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिर्न ज्ञानेन्द्रलाई पत्र काटेको छ ।

‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाईएको पत्र’ जस्तो “स्टण्ट” भयो,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

थापाले मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला भनेर आफू अलमलमा परेको भन्दै संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्विकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई अनुरोध समेत गरेका छन् ।

उनले पत्रको भाषा पनि अशिष्ट र अमर्यादित रहेको उल्लेख गरेका छन् । ‘राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो,’ उनले लेखेका छन् ।

उनले पत्र फिर्ता लिनु बुद्धिमानी हुने भन्दै बालेनलाई सुझाव समेत दिएका छन् ।

तर उक्त घटनामा ज्ञानेन्द्रको भूमिका रहेको भन्दै सामाजिक सञ्जालमा #ArrestGyanendra अभियान चलिरहेको छ ।

तीनकुने घटनामा ७ लाख ९३ हजार रूपैयाँ जरिवाना तिर्न ज्ञानेन्द्रलाई काठमाडौं महानगरले काट्यो पत्र

ज्ञानेन्द्र शाहलाई बालेनले तोकेको जरिवाना कुन शीर्षकमा कति ?

 

पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा #ArrestGyanendra अभियान

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register