त्रिभुवन विश्विद्यालयका उपकुलपति बरालले दिए राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजङ्ग बरालले राजीनामा दिएका छन् । उनले केहीदिन अघि राजीनामा लेखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको स्रोतले जानकारी दिएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत साल फागुन १० गते बराललाई उपकुलपति नियुक्त गरेको थियो । उनले उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका  थिए । […]

Mar 29, 2025 - 15:28
 0
त्रिभुवन विश्विद्यालयका उपकुलपति बरालले दिए राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजङ्ग बरालले राजीनामा दिएका छन् ।

उनले केहीदिन अघि राजीनामा लेखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको स्रोतले जानकारी दिएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत साल फागुन १० गते बराललाई उपकुलपति नियुक्त गरेको थियो ।

उनले उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका  थिए । उनी २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register