सत्तापक्षले ‘मण्डले’ भनेपछि छाती ठोक्दै लिङ्देनले भने – सके जेल हाल
काठमाडौं । सत्तापक्षका सांसदहरूले राप्रपालाई मण्डलेको संज्ञा दिएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सके जेल हाल्न भन्दै चुनौती दिएका छन् । प्रतिनिधिसभा बैठकमा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएको भन्दै उनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन् । ‘संसद्मा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल […]

काठमाडौं । सत्तापक्षका सांसदहरूले राप्रपालाई मण्डलेको संज्ञा दिएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सके जेल हाल्न भन्दै चुनौती दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएको भन्दै उनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन् ।
‘संसद्मा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल ।’ उनले भने ।
सत्तापक्षका सांसदहरूले ‘हिंसात्मक’ राजावादी आन्दोलन गर्ने मण्डलेहरूलाई निकाल्नुपर्ने माग राखेका थिए ।
राप्रपालाई मण्डलेको संज्ञा : प्रतिनिधिसभा बैठकबाट निकाल्न सत्तापक्षको माग
What's Your Reaction?






