हेड टू हेडमा हाबी कोलकातालाई पञ्जाबको चुनौती

काठमाडौं । आईपीएल (IPL) २०२५ को ३१औं खेलमा आज पञ्जाब किङ्ग्स (पीबीकेएस) र कोलकाता नाइट राइडर्स (केकेआर) बीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रङ्गशाला, मुल्लानपुरमा हुनेछ । यस सिजनमा PBKS र KKR पहिलो पटक आमनेसामने हुन लागेका हुन् । डिफेन्डिङ च्याम्पियन कोलकाताको यो सातौं खेल हो । […]

Apr 15, 2025 - 06:26
 0
हेड टू हेडमा हाबी कोलकातालाई पञ्जाबको चुनौती

काठमाडौं । आईपीएल (IPL) २०२५ को ३१औं खेलमा आज पञ्जाब किङ्ग्स (पीबीकेएस) र कोलकाता नाइट राइडर्स (केकेआर) बीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रङ्गशाला, मुल्लानपुरमा हुनेछ । यस सिजनमा PBKS र KKR पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।

डिफेन्डिङ च्याम्पियन कोलकाताको यो सातौं खेल हो । टोलीले ६ मध्ये ३ जित र ३ हार व्यहोरेको छ । अर्कोतर्फ, पञ्जाबको यो छैटौं खेल हो । टोलीले ५ खेलमध्ये ३ खेल जितेको छ भने २ खेलमा हार व्यहोर्‍यो ।

कोलकाता हेड टू हेडमा हाबी

हेड टू हेडमा कोलकाताले पञ्जाबमाथि प्रभुत्व जमाएको छ । दुई टोलीबीच अहिलेसम्म कुल ३३ खेल भएको छ ।

कोलकाताले २१ र पञ्जाबले १२ मा जित हासिल गरेको छ । पञ्जाब र कोलकाताबीचका पछिल्ला ५ खेलमा पञ्जाबले ३ जितसहित थोरै अग्रता लिएको छ । जबकि, कोलकाताले दुई पटक मात्र जित हासिल गरेको छ ।

जारी सिजनमा पञ्जाबका कप्तान श्रेयस अय्यर टोलीका सर्वाधिक रनकर्ता हुन् । उनले ५ खेलमा कुल २५० रन बनाएका छन् । सिजनको पहिलो खेलमा उनले गुजरात टाइटन्स विरुद्ध ४२ बलमा ९७ रनको अविजित इनिङ खेलेका थिए ।

बलिङमा अर्शदीप सिंह टोलीका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ५ खेलमा ७ विकेट लिएका छन् ।

यता, कप्तान अजिंक्य रहाणे केकेआरका सर्वाधिक स्कोरर हुन् । उनले ६ खेलमा कुल २०४ रन बनाएका छन् । पहिलो खेलमा उनले आरसीबीविरुद्ध ३१ बलमा ५६ रनको अर्धशतक बनाएका थिए ।

बलिङमा वरुण चक्रवर्तीले ६ खेलमा ८ विकेट लिएका छन् । उनी केकेआरका सर्वाधिक विकेट लिने बलर हुन् ।

पिच रिपोर्ट

महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रङ्गशालाको पिच ब्याट्सम्यानका लागि धेरै सहयोगी साबित हुन्छ । उच्च स्कोरिङ खेलहरू यहाँ हेर्न सकिन्छ ।

यहाँ अहिलेसम्म ७ वटा आईपीएल खेल भइसकेका छन् । ४ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ र ३ खेलमा पहिले पछ्याउने टोलीले जित्यो । यहाँको उच्चतम टोली स्कोर २१९/६ हो, जुन पञ्जाबले चेन्नईविरुद्धको अन्तिम खेलमा बनाएको थियो ।

सम्भावित प्लेइङ-१२

पञ्जाब : श्रेयस अय्यर (कप्तान), प्रियाङ्श आर्य, प्रभसिमरन सिंह, शशाङ्क सिंह, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, सूर्यांश शेडगे, मार्को जोन्सन, जेभियर बार्टलेट, युजवेन्द्र चहल, अर्शदीप सिंह, नेहल वधेरा ।

कोलकाता : अजिङ्क्य रहाणे (कप्तान), क्विन्टन डी कक (विकेटकिपर), सुनील नारायण, वेङ्कटेश अय्यर, रिङ्कु सिंह, मोइन अली, आन्द्रे रसेल, रमनदीप सिंह, हर्षित राणा, वैभव अरोरा, वरुण चक्रवर्ती, अङ्ककृष्ण रघुवंशी ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register