रवीन्द्र मिश्र र धवलशमशेर राणालाई राज्यविरुद्ध अपराधको मुद्दामा पाँच दिन म्याद थप

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसदसमेत रहेका महामन्त्री धवलशमशेर राणालाई पाँच दिन म्याद थप गरेको छ । मिश्र र राणालाई राज्यविरुद्धको अपराध गरेको आरोपमा अनुसन्धान गर्न  प्रहरीले १० दिनको समय माग गरे पनि जिल्ला अदालत काठमाडौंले पाँच दिन म्याद थप गरेको हो । मिश्र र  राणालगायत ११ जनालाई राज्यविरुद्धको […]

Mar 30, 2025 - 14:31
 0
रवीन्द्र मिश्र र धवलशमशेर राणालाई राज्यविरुद्ध अपराधको मुद्दामा पाँच दिन म्याद थप

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसदसमेत रहेका महामन्त्री धवलशमशेर राणालाई पाँच दिन म्याद थप गरेको छ ।

मिश्र र राणालाई राज्यविरुद्धको अपराध गरेको आरोपमा अनुसन्धान गर्न  प्रहरीले १० दिनको समय माग गरे पनि जिल्ला अदालत काठमाडौंले पाँच दिन म्याद थप गरेको हो ।

मिश्र र  राणालगायत ११ जनालाई राज्यविरुद्धको अपराधको मुद्दामा पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति पाएको हो । यस्तै बाँकी ३० जनाविरूद्ध भने आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न चार दिन अनुमति पाएको छ ।

उनीहरू सबैलाई पक्राउ गरिएकै मितीलाई आधार बनाएर मंगलबारसम्म अनुसन्धान हुनेछ । मिश्र र राणासहित शुक्रवार नै पक्राउ परेका थिए भने अरू शनिवार पक्राउ परेका थिए ।

घटनाका विषयमा अनुसन्धान गर्न प्रहरीले करिब एक सय जनाभन्दा बढीलाई पक्राउ गरे पनि अहिले ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । पक्राउ परेकामध्ये राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।

अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार मिश्र र राणासहित ४१ जनामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले घटनामा संलग्नहरूका बारेमा सरोकारवालाहरूसँग जाहेरी र अरु सूचनाका लागि सार्वजनिक आह्वान भएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register