काठमाडौं महानगरको जरिवाना तिर्न भन्दै राजावादीले सामाजिक सञ्जालबाटै उठाए सबै रकम*
काठमाडौं । काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा तोकेको जरिवाना तिर्न राजावादीहरूले सामाजिक सञ्जालबाट रकम सङ्कलन गरेका छन् । राजावादी समर्थक रमेशराज बास्तोलाले सोमबार बेलुकासम्म महानगरपालिकालाई तिर्ने रकम सङ्कलन भएको जानकारी दिएका हुन् । “हार्दिक कृतज्ञता व्यक्त गर्दछु । सात लाख ९७ हजार रुपैयाँ उठेको जानकारीसहित, साथै रकम उठाउन बन्द भएको जानकारी पनि गराउँछौं,” बास्तोलाले फेसबुकमा लेखेका छन् । उनले यस अभियानमा जोडिने सम्पूर्णलाई धन्यवाद दिँदै रकम सङ्कलनको काम बन्द भएको उल्लेख गरेका...

What's Your Reaction?






