देउवा ११ वटा संसद् बैठकमा गएनन्, यी हुन् धेरै अनुपस्थित हुने सात सांसद

काठमाडौं । प्रतिनिधि सभाको १० वा सोभन्दा बढी बैठकमा उपस्थित नहुने सांसदको सूची सभामुख देवराज घिमिरेले वाचन गरेका छन् । उपस्थित नहुने सूचीमा नेपाली काङ्ग्रेसका पाँच सांसद छन् भने राप्रपाका दुई सांसद छन् । संसद्को १० वा सोभन्दा बढी बैठकमा उपस्थित नहुनेमा काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पनि छन् । उनी पार्टीको काम देखाउँदै ११ वटा […]

Apr 1, 2025 - 08:27
 0
देउवा ११ वटा संसद् बैठकमा गएनन्, यी हुन् धेरै अनुपस्थित हुने सात सांसद

काठमाडौं । प्रतिनिधि सभाको १० वा सोभन्दा बढी बैठकमा उपस्थित नहुने सांसदको सूची सभामुख देवराज घिमिरेले वाचन गरेका छन् ।

उपस्थित नहुने सूचीमा नेपाली काङ्ग्रेसका पाँच सांसद छन् भने राप्रपाका दुई सांसद छन् ।

संसद्को १० वा सोभन्दा बढी बैठकमा उपस्थित नहुनेमा काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पनि छन् । उनी पार्टीको काम देखाउँदै ११ वटा बैठकमा आएनन् ।

यस्तै, सबैभन्दा धेरै बैठकमा उपस्थित नहुनेमा काङग्रेस सांसद मनोरमा शेरचन छन् । उनी २७ बैठकमा सहभागी भएनन् । थेरापीका कारण उनी बैठकमा सहभागी हुन नसकेको सभामुख घिमिरेले जानकारी दिए ।

संसद‌्‌मा उपस्थित नहुने सांसदको सूचीमा राप्रपा नेतृ गीता बस्नेत दोस्रो नम्बरमा छिन् । स्वास्थ्य उपचारका कारण उनी २७ बैठकमा सहभागी भइनन् ।

यस्तै, राप्रपा सांसद दीपक बोहरा पनि २१ बैठकमा सहभागी भएनन् । उनको मङ्गलबार बिहान निधन भएको छ । बोहराको निधनमा संसद्ले शोक प्रस्ताव पनि पारित गरेको छ ।

काङ्ग्रेस सांसद लिलादेवी बोखिम लिम्बू पनि १४ बैठकमा सहभागी भइनन् । उनी पारिवारिक कामले हाल बेलायतमा रहेको सभामुख घिमिरेले जानकारी दिए ।

यस्तै, काङ्ग्रेस सांसद रमेश रिजाल संसद्को १२ बैठकमा उपस्थित भएनन् । उनी हाल वैदेशिक भ्रमणमा छन् ।

काङ्ग्रेस सांसद सरस्वती बजीमय ११ बैठकमा सहभागी भइनन् । उनी विशेष कारण देशबाहिर रहेको सभामुख घिमिरेले जानकारी दिए ।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा सभामुख घिमिरेले अनुपस्थित सांसदको बिदा स्वीकृतिका लागि उक्त सूचना बैठकमा प्रस्ताव गरेका थिए । जुन सभाले पारित गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register