भारतको छत्तीसगढमा संदिग्ध माओवादीको आक्रमणमा ९ सुरक्षाकर्मीको मृत्यु

काठमाडौं । भारतको छत्तीसगढमा संदिग्ध माओवादीको आक्रमणमा परी नौ सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रहरीकाअनुसार यो आक्रमण राज्यको विजापुरस्थित कुत्रु बेन्द्रे सडकमा आईईडी विस्फोटबाट गरिएको हो । बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीले भने, ‘दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरबाट विशेष कार्य बल र सीआरपीएफको टोली माओवादी अपरेशनबाट फर्किंदै गर्दा आक्रमण भएको हो ।’ प्रहरीका अनुसार […]

Jan 6, 2025 - 11:20
 0
भारतको छत्तीसगढमा संदिग्ध माओवादीको आक्रमणमा ९ सुरक्षाकर्मीको मृत्यु

काठमाडौं । भारतको छत्तीसगढमा संदिग्ध माओवादीको आक्रमणमा परी नौ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार यो आक्रमण राज्यको विजापुरस्थित कुत्रु बेन्द्रे सडकमा आईईडी विस्फोटबाट गरिएको हो ।

बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीले भने, ‘दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरबाट विशेष कार्य बल र सीआरपीएफको टोली माओवादी अपरेशनबाट फर्किंदै गर्दा आक्रमण भएको हो ।’

प्रहरीका अनुसार सोमबार दिउँसो सिपाहीको टोली कुत्रु थानाको अम्बेली गाउँ नजिकैबाट जाँदै गर्दा गाडीमा बम विस्फोट भएको थियो ।

विस्फोट यति शक्तिशाली थियो कि जिल्ला रिजर्भ गार्डका ८ जवान र एक चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

केही जवान गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो पछिल्लो समय प्रहरीमाथि भएको सबैभन्दा ठूलो आक्रमण हो । माओवादीले यो हमला कसरी गराएका हुन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन । तर, यो घटनाले सुरक्षाकर्मीको चिन्ता बढाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register