राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ

काठमाडौँ। प्रहरीले काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा थप २० जनालाई पक्राउगरेको छ। पक्राउ पर्नेमा कुमार बस्नेत‍, अनिकलकुमार थापा, तारानाथ बोहरा, देवेन्द्रप्रसाद श्रेष्ठ, लोकबहादुर बस्नेत, आशिक राई, दानबहादुर राई, बिजु नेपाल, उमेश तामाङ, भानुभक्त पौडेल, सरिता केसी, सीतादेवी राई, रवि रञ्जन कुमार सिंह छन्। त्यस्तै आशिककुमार महतो, प्रेमकुमार सिंह, राधेश्याम यादव, वरण […]

Apr 1, 2025 - 10:25
 0
राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ

काठमाडौँ।

प्रहरीले काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा थप २० जनालाई पक्राउगरेको छ। पक्राउ पर्नेमा कुमार बस्नेत‍, अनिकलकुमार थापा, तारानाथ बोहरा, देवेन्द्रप्रसाद श्रेष्ठ, लोकबहादुर बस्नेत, आशिक राई, दानबहादुर राई, बिजु नेपाल, उमेश तामाङ, भानुभक्त पौडेल, सरिता केसी, सीतादेवी राई, रवि रञ्जन कुमार सिंह छन्।

त्यस्तै आशिककुमार महतो, प्रेमकुमार सिंह, राधेश्याम यादव, वरण यादव, योविन्द राय, लक्ष्मी सुनार र विष्णुजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

चैत १५ मा भएको उक्त हिंसात्मक प्रदर्शनमा अपराधजन्य घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीलेउनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई आज म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ। यसअघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register