निजामती कर्मचारी संगठन झापाद्वारा निःशुल्क स्वास्थ्य शिविर : ६८३ जना लाभान्वित

रोहित काफ्लेभद्रपुर, १९ चैत । हरेक वर्ष बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको नेपाल निजामती कर्मचारी संगठन झापाले आज मंगलबार भद्रपुरमा बृहत निःशरल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । झापाका सर्वसाधारण नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने उद्देश्यले संगठनले सामाजिक उत्तरदायित्वअन्तर्गत नोवेल टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा भद्रपुर–१० स्थित वीरेन्द्र नमूना क्याम्पस परिसरमा स्वास्थ्य शिविर [...] The post निजामती कर्मचारी संगठन झापाद्वारा निःशुल्क स्वास्थ्य शिविर : ६८३ जना लाभान्वित appeared first on Jhapa Online.

Apr 1, 2025 - 12:22
 0
निजामती कर्मचारी संगठन झापाद्वारा निःशुल्क स्वास्थ्य शिविर : ६८३ जना लाभान्वित

रोहित काफ्ले
भद्रपुर, १९ चैत ।
हरेक वर्ष बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको नेपाल निजामती कर्मचारी संगठन झापाले आज मंगलबार भद्रपुरमा बृहत निःशरल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

झापाका सर्वसाधारण नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने उद्देश्यले संगठनले सामाजिक उत्तरदायित्वअन्तर्गत नोवेल टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा भद्रपुर–१० स्थित वीरेन्द्र नमूना क्याम्पस परिसरमा स्वास्थ्य शिविर आयोजना गरेको राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक अनुज खतिवडाले जानकारी दिए । संगठनका अध्यक्ष हिरण्य न्यौपानेको अध्यक्षतामा सम्पन्न संक्षिप्त समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले आफ्नै मुटुको जाँच गर्दै शिविरको उद्घाटन गरेका थिए ।

शिविर उद्घाटनका अवसरमा भद्रपुर नगरपालिका उपप्रमुख रमधा कार्की, प्रमुख प्रशासकीय अधिकृत, सुनिल निरौला, संगठनका केन्द्रीय उपाध्यक्ष युवाचन्द्र घिमिरे, केन्द्रीय सचिव तेजप्रकाश भण्डारी (टीपी), नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष तथा वीरेन्द्र नमूना क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टिकाराज ढकाललगायतको सहभागिता रहेको संगठन झापाका सचिव पूर्णचन्द्र मैनालीले जानकारी दिए ।

शिविरमा मुटुरोग, जनरल मेडिसिन, स्त्रीरोग, बालरोग, हहाडजोर्नी तथा नसा, नाक कान घाँटी, दन्त रोग, आँखा परीक्षण,शल्यक्रिया चिकित्सा सेवा, रेडियोलोजी, ल्याव परीक्षण सेवा रहेको र मुटुरोग विशेषज्ञ डा. रमजेश नेपाल, बाल मुटु रोग विशेषज्ञ डा. प्रतिभा यादव, जनरल मेडिसिन विशेषज्ञ डा. जितेन्द्रप्रसाद गुप्ता, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. प्रनेश चापागाईं, बालरोग विशेषज्ञ डा. कृष्ण यादव, नाक कान घाँटी रोग विशेषज्ञ डा. उत्सव श्रेष्ठ, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. सुभाष, दनत रोग विशेषज्ञ डा. सचिन पौडेल, ल्याव टेक्निसियन सरोज चाम्लिङ राई र प्रतिभा वस्ती तथा आँखासम्बन्धी सृष्टी चौधरीले सेवा प्रदान गरेको नोवेल हस्पिटलका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।

विरामीहरुलाई परीक्षणअनुसारको औषधि पनि निःशुल्क रुपमा उपलब्ध गराइएको दाहालले बताए । शिविरबाट ६ सय ८३ सर्वसाधारणले लाभ लिएको संगठनका अध्यक्ष न्यौपानेले जानकारी दिए । त्यसमध्ये अधिकांशले एकभन्दा बढी सेवा लिएको पनि उनले बताए ।

The post निजामती कर्मचारी संगठन झापाद्वारा निःशुल्क स्वास्थ्य शिविर : ६८३ जना लाभान्वित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register