भाटभटेनीका साहसी सुरक्षा गार्डसहित ५० जनालाई सम्मान गरिने 

काठमाडौँ । भाटभटेनीले सुरक्षा गार्डसहित ५० बढी कर्मचारीलाई सम्मान गर्ने भएको छ । चैत १५ गते (शुक्रबार) राजावादीको आन्दोलनका क्रममा भएको तोडफोड र लुटपाटबाट भाटभटेनी सुपरमार्केटलाई जोगाएको भन्दै सुरक्षा गार्डसहित ५० बढी कर्मचारीलाई सम्मान गर्ने भएको हो ।  एकाएक भाटभटेनीमा तोडफोड गर्दै लुटपाट मच्चाउनेहरुसँग प्रतिकार गरेका सुरक्षा गार्ड र तोडफोडपछि मर्मत र सरसफाइ लगायतका काम […]

Apr 1, 2025 - 12:22
 0
भाटभटेनीका साहसी सुरक्षा गार्डसहित ५० जनालाई सम्मान गरिने 

काठमाडौँ । भाटभटेनीले सुरक्षा गार्डसहित ५० बढी कर्मचारीलाई सम्मान गर्ने भएको छ । चैत १५ गते (शुक्रबार) राजावादीको आन्दोलनका क्रममा भएको तोडफोड र लुटपाटबाट भाटभटेनी सुपरमार्केटलाई जोगाएको भन्दै सुरक्षा गार्डसहित ५० बढी कर्मचारीलाई सम्मान गर्ने भएको हो । 

एकाएक भाटभटेनीमा तोडफोड गर्दै लुटपाट मच्चाउनेहरुसँग प्रतिकार गरेका सुरक्षा गार्ड र तोडफोडपछि मर्मत र सरसफाइ लगायतका काम गरेका ५० बढी कर्मचारी सम्मानित हुने भएका छन् ।

ठूलो संख्यामा आएको हुलले लुटपाट गरिरहेका बेला सुरक्षा गार्डले देखाएको साहसलाई कदर गर्दै सम्मान गर्न लागिएको भाटभटेनीले जनाएको छ । त्यस्तै, लुटपाट र तोडफोडपछि रातभर खटिएर मर्मत र सरसफाइ गर्ने कर्मचारीलाई पनि सम्मान गर्न लागिएको भाटभटेनीले जनाएको छ । 

आन्दोलनमा क्रममा भएको लुटपाट र तोडफोडबाट कोटेश्वरको भाटभटेनीमा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले दाबी गरेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register