आन्दोलनरत शिक्षकलाई सर्वोच्चको आदेश – तीन दिनभित्र विद्यालय फर्कनू

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंमा विभिन्न माग राखी आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश दिएको छ। अधिवक्ता श्रवण कुमार चौधरीलगायतले चैत १० गते शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य नै अन्यौलमा परेको दायर गरेको रिटमा न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा […]

Apr 24, 2025 - 15:45
 0
आन्दोलनरत शिक्षकलाई सर्वोच्चको आदेश – तीन दिनभित्र विद्यालय फर्कनू

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंमा विभिन्न माग राखी आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश दिएको छ।

अधिवक्ता श्रवण कुमार चौधरीलगायतले चैत १० गते शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य नै अन्यौलमा परेको दायर गरेको रिटमा न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो।

आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू ।’

सर्वोच्च अदालतको यो आदेशसँगै आन्दोलनरत शिक्षकहरूले तीन दिनभित्र आफ्ना विद्यालयहरूमा उपस्थित भई पठनपाठन सुचारु गर्नुपर्ने भएको छ।

शिक्षकहरूले विभिन्न सेवा सुविधालगायतका माग राख्दै केही समयदेखि काठमाडौंमा आन्दोलन गरिरहेका थिए। सर्वोच्च अदालतको यो आदेशले उनीहरूको आन्दोलनलाई तत्कालका लागि स्थगित गर्नुपर्ने देखिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register