एमेच्योर गल्फ च्याम्पियनसिप : टिम इभेन्टमा नेपाललाई स्वर्ण

काठमाडौं । नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्णपदक जितेको छ । बङ्गलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकले हराउँदै नेपालले स्वर्ण हात पारेको हो । सद्‌भाव आचार्य र राहुल विकेको जोडीले इभन–पार २८८ स्कोर गरे । सद्‌भावले बिहीबार ३–अन्डर ६९ को स्कोर निकाल्दा राहुलले ४–ओभर ७६ स्कोर दर्ज गरे । आज नेपालले १–ओभर १४५ […]

Jan 10, 2025 - 06:21
 0
एमेच्योर गल्फ च्याम्पियनसिप : टिम इभेन्टमा नेपाललाई स्वर्ण

काठमाडौं । नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्णपदक जितेको छ ।

बङ्गलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकले हराउँदै नेपालले स्वर्ण हात पारेको हो । सद्‌भाव आचार्य र राहुल विकेको जोडीले इभन–पार २८८ स्कोर गरे ।

सद्‌भावले बिहीबार ३–अन्डर ६९ को स्कोर निकाल्दा राहुलले ४–ओभर ७६ स्कोर दर्ज गरे । आज नेपालले १–ओभर १४५ को स्कोर बनायो । पहिलो दिन नेपालले १–अन्डर १४३ स्कोर जोडेको थियो । सदभावले टिमतर्फ स्वर्ण जितेको यो दोस्रो पटक हो । यसअघि ३६औं संस्करणमा सुवास तामाङसँग उनले स्वर्ण हात पारेका थिए ।

बङ्गलादेशको ‘बी’ टिमका शफिकुल इस्लाम र रोमन मियाको जोडी दोस्रो भए । १६–ओभर ३०४ स्कोरसहित घरेलु टिमले रजत पदक हात पार्यो । यो जोडीले आज १०–ओभर १५४ स्कोर गर्यो । शफिकुलले आज ४–ओभर ७६ र रोमनले ६–ओभर ७८ मा खेल सकाए । बङ्गलादेशको ‘ए’ टिमका अबु बकर सिद्दिकी र मोहम्मद साहबुद्धिनको जोडीले कास्य पदक प्राप्त गरे । उनीहरूले कुल १८–ओभर ३०६ को स्कोर निकाले ।

नेपाल नम्बर एक सद्‌भाव आचार्यले व्यक्तिगत स्पर्धामा ३६ होलको समाप्तीमा आठ स्ट्रोकको अग्रता बनाए । बङ्गलादेशका मोहम्मद साहबुद्धिनलाई आठ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा कायमै रहन सफल भएका हुन् । पहिलो दिनका लिडर सदभावले दोस्रो दिन पनि ३–अन्डर ६९ स्कोर निकाले ।

सद्‌भावले आज १०औं होलबाट खेलको सुरूवात गरे । १०औं र ११औं होलमा एक-एक सट बचाउँदै राम्रो सुरुवात गरे । तर १४औं होलमा एक सट खेर फाले । १७औं होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गरे । यसपछि तेस्रो होलमा बर्डी प्रहार गरेपनि चौथो होलमा डबल बोगीको सामना गरे । पाँचौं र नवौँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन १–अन्डर ३५ मा सकाए ।

बङ्गलादेशका मोहम्मद साहबुद्धिन समग्रमा २–ओभर १४६ स्कोरमा दोस्रो स्थानमा रहेका छन् । उनले आज २–ओभर ७४ को स्कोर निकाले । श्रीलङ्काका चुलिथा पुष्पिका तेस्रो स्थानमा छन् । उनले आज ३–ओभर ७५ खेल्दै समग्रमा ५–ओभर १४९ स्कोर गरे । नेपालका राहुल विके र बङ्गलादेशका शफिकुल इस्लाम ६–ओभर १५० सहित संयुक्तरुपमा चौथो स्थानमा रहेका छन । उनीहरूले आज समान ४–ओभर ७६ को प्रदर्शन गरे ।

३६ होलको समाप्तीमा २९–ओभर सम्म खेलेका ५२ गल्फरले कट बनाएका छन । प्रतियोगितामा कुल १ सय खेलाडीको सहभागिता रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register