कुलमानको रिटमा सुनुवाइ जारी, हितेन्द्रको मुद्दा दोस्रो नम्बरमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङको मुद्दामा सुनुवाइ जारी छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको बुधबारको इजलासमा एक नम्बरमा रहेको घिसिङको मुद्दामा सुनुवाइ भइरहेको छ । प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट सोही इजलासको दोस्रो नम्बरमा छ । न्यायाधीशद्वय चुडाल र पाण्डेयको मङ्गलबारको इजलासमा […]

Apr 2, 2025 - 07:21
 0
कुलमानको रिटमा सुनुवाइ जारी, हितेन्द्रको मुद्दा दोस्रो नम्बरमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङको मुद्दामा सुनुवाइ जारी छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको बुधबारको इजलासमा एक नम्बरमा रहेको घिसिङको मुद्दामा सुनुवाइ भइरहेको छ ।

प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट सोही इजलासको दोस्रो नम्बरमा छ ।

न्यायाधीशद्वय चुडाल र पाण्डेयको मङ्गलबारको इजलासमा दुवै रिटमाथि सुनुवाइ भएको थियो । तर, सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

कुलमानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दीपक खड्का उर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।

कुनै गल्ती, त्रुटि नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढङ्गले पदमुक्त गरेको रिट निवेदनमा उनको जिकिर गरेका छन् ।

यता, हितेन्द्रदेवले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएका विवरण उल्लेख गर्दै उनी पदको हकदार नभएको जिकिर गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register