नेपालमा कृषि समृद्धिका लागि जनता एग्रो र कसेस्टार्ट विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । जनता एग्रो एन्ड फरेष्ट्री र थाइल्यान्डको प्रमुख शैक्षिक संस्था कसेस्टार्ट विश्वविद्यालयबीच जैविक प्रविधिमार्फत नेपालमा खाद्यान्नको उत्पादन वृद्धि गर्ने विषयमा सम्झौता भएको छ । अप्रिल २ मा उक्त सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनल र जनता एग्रो एन्ड फरेष्ट्रीका अध्यक्ष पवन गोल्यानले सम्झाैता पत्रमा हस्ताक्षर गरेका हुन् । यो साझेदारी नेपाली कृषि क्षेत्रको […]

Apr 2, 2025 - 10:18
 0
नेपालमा कृषि समृद्धिका लागि जनता एग्रो र कसेस्टार्ट विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । जनता एग्रो एन्ड फरेष्ट्री र थाइल्यान्डको प्रमुख शैक्षिक संस्था कसेस्टार्ट विश्वविद्यालयबीच जैविक प्रविधिमार्फत नेपालमा खाद्यान्नको उत्पादन वृद्धि गर्ने विषयमा सम्झौता भएको छ ।

अप्रिल २ मा उक्त सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनल र जनता एग्रो एन्ड फरेष्ट्रीका अध्यक्ष पवन गोल्यानले सम्झाैता पत्रमा हस्ताक्षर गरेका हुन् । यो साझेदारी नेपाली कृषि क्षेत्रको दिगो विकास, नयाँ कृषि विधिहरू र नेपाली कृषकहरूको जीवनस्तर सुधार्ने उद्देश्यले गरिएको बताइएको छ ।

जनता एग्रो एन्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयबीच जनता एग्रोले नेपालमा गरिरहेको जैविक खेतीमा नवीनतम आधुनिक प्रविधिहरू, उन्नत जातका बिरुवाको हेरचाह गर्ने नव रणनीतिहरू, फसल काट्ने नयाँ नयाँ तरिका, उत्पादन तथा गुणस्तर वृद्धि गर्ने लगायतका क्षेत्रमा सहकार्य भएको छ ।

जनता एग्रो एन्ड फरेष्ट्रीका अध्यक्ष पवन कुमार गोल्यानले भने, ‘यो साझेदारी नेपालको समग्र कृषि क्षेत्रमा आमूल परिवर्तन लागि महत्त्वपूर्ण सुरुवात हो । विश्वविद्यालयको मूल्यवान् विशेषज्ञता तथा दक्षताले हामीलाई हाम्रा कृषकहरूलाई कृषि उपकरणहरू उपलब्ध गराउनमा मद्दत गर्नेछ ।’

यस साझेदारीमा नियमित कार्यशालाहरू, खोज अध्ययनहरू, र तालिम कार्यक्रमहरू समावेश छन् जसले दुई संस्थाहरूबीच सहज ज्ञान स्थानान्तरणको प्रक्रियामा मद्दत पुर्‍याउने विश्वास लिइएको छ । परियोजना कार्यान्वयन प्रक्रियामा दुवै पक्षको नेतृत्वको लागि एक समर्पित संयुक्त टोली रहनेछ ।

कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा.कृत वोन–इनले भने, ‘हाम्रो मिसन दिगो कृषि ज्ञानको विस्तार गर्नु हो, र जनता एग्रो सँगको यो साझेदारी कृषि क्षेत्रको विकासमा नयाँ आयामको एक उत्तम कदम हो । हाम्रो टोली नेपालमा जैविक कृषि क्षेत्रलाई पुनः रूपान्तरण गर्न प्रतिबद्ध छ ।’

सम्झौताअनुसार, नेपालको कृषि तथा वन क्षेत्रमा स्थिरता र उत्पादकत्वमा वृद्धि गर्न सहजता पुर्‍याउनका लागि कासेस्टार्ट विश्वविद्यालयले जनता एग्रो एन्ड फरेष्ट्रीलाई जैविक खेतीका अत्याधुनिक विधिहरूको प्रयोगमा विशेषज्ञता र नविनतम् ज्ञान तथा सीप प्रदान गर्ने छ ।

त्यस्तै गरी कसेस्टार्ट विश्वविद्यालयले कृषि खेती संरक्षणका नयाँ तरिकाहरू, माटो सुधारका उपायहरू, प्राकृतिक किरा व्यवस्थापनको लागि समाधानका उपाय, र रोकथाम रणनीतिहरू बारे विभिन्न तालिम प्रदान गर्ने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register