तीनकुने पुगेका राप्रपा सांसद भन्छन् – राजा र प्रसाईंको फोटो एउटै साइजमा देखेपछि टाप कसेँ

काठमाडौं । गत शुक्रबार तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले आफू त्यहाँबाट भागेको बताएका छन् । मञ्चमा पूर्वराजा ज्ञानेन्द्र शाह र आन्दोलनको कमाण्डर रहेका दुर्गा प्रसाईंको फोटो एउटै साइजमा देखेपछि आफू भागेको तामाङ बताउँछन् । संसद्‌को राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले यसबारे बताएका हुन् । “हाम्रो पार्टीको […]

Apr 2, 2025 - 10:12
 0
तीनकुने पुगेका राप्रपा सांसद भन्छन् – राजा र प्रसाईंको फोटो एउटै साइजमा देखेपछि टाप कसेँ

काठमाडौं । गत शुक्रबार तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले आफू त्यहाँबाट भागेको बताएका छन् ।

मञ्चमा पूर्वराजा ज्ञानेन्द्र शाह र आन्दोलनको कमाण्डर रहेका दुर्गा प्रसाईंको फोटो एउटै साइजमा देखेपछि आफू भागेको तामाङ बताउँछन् ।

संसद्‌को राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले यसबारे बताएका हुन् ।

“हाम्रो पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनज्यु, ज्ञानेद्र शाहीसहित ग्रुप नै थियो । हामी प्रदर्शनमा जाने कुरा भइरहेको थियो । तर, मञ्चतिर हेर्दा त राजाको फोटो, अनि त्यही साइजको दुर्गा प्रसाईंको फोटो राखेको देखियो । ओहो ! खत्तम रहेछ भन्ने लाग्यो । हामी गएनौँ । आन्दोलनलाई समर्थन गर्ने भनेरमात्र हुँदो रहेनछ । हाम्रोबाट अध्यक्ष जानुभएन, धेरैजना जानुभएन ।”

उनले थपे, “मैले पनि यसो हेरेको दुर्गा प्रसाईंको फोटो देखेपछि टाप कसिहालेँ नि । फोटो देखेर डर लागिहाल्यो नि ।”

बैठकमा तामाङले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न माग गरे । कार्यक्रम सुरु नहुँदै मञ्चमा टियरग्यास हानिएको उनको भनाइ छ ।

उनले भने, “भोलि अरूलाई पनि यस्तै पर्न सक्छ । त्यसैले हामी गृहमन्त्रीलाई डेलिगेसन दिन जाँदै छौँ । यस घटनामा न्यायिक जाँच हुनुपर्छ । सत्यतथ्य पत्ता लगाउनुपर्छ । दोषीलाई नेपालको कानुनअनुसार कारबाही हुनुपर्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register