तीनकुने घटनाका दोषीमाथि कारवाही गर्न नेविसंघको माग

काठमाडौँ। यही चैत्र १५ गते तीनकुनेमा भएको घटनाका दोषीमाथि कारवाही गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माग गरेको छ । राजसंस्था पुनर्स्थापनाका लागि भएको आन्दोलनका क्रममा कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत रेबिका खत्री गोली लागेर घाइते भएकी थिइन् । अध्यक्ष दुजाङ शेर्पाले बुधबार एक विज्ञप्ती जारी गर्दै उनीमाथि गोली प्रहार गर्ने प्रहरीमाथि छानविन गरेर कारवाही गर्न […]

Apr 2, 2025 - 16:36
 0
तीनकुने घटनाका दोषीमाथि कारवाही गर्न नेविसंघको माग

काठमाडौँ।

यही चैत्र १५ गते तीनकुनेमा भएको घटनाका दोषीमाथि कारवाही गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माग गरेको छ । राजसंस्था पुनर्स्थापनाका लागि भएको आन्दोलनका क्रममा कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत रेबिका खत्री गोली लागेर घाइते भएकी थिइन् । अध्यक्ष दुजाङ शेर्पाले बुधबार एक विज्ञप्ती जारी गर्दै उनीमाथि गोली प्रहार गर्ने प्रहरीमाथि छानविन गरेर कारवाही गर्न माग गरेका हुन् ।

‘लोकतान्त्रिक व्यवस्थामा नागरिकको सुरक्षा गर्नु राज्यको परम दायित्व हो । तर, सरकारद्वारा सञ्चालित सुरक्षा निकाय ले स्वयं निहत्था विद्यार्थी माथी गोली प्रहार गर्ने स्थितिको सिर्जना हुनु लोकतान्त्रिक मूल्य–मान्यता विपरीत मात्र नभई गम्भीर अपराध पनि हो। यस घटनाले सम्पूर्ण विद्यार्थी समुदायलाई त्रसित बनाएको छ र शैक्षिक वातावरणलाई प्रभावित पार्ने खतरा उत्पन्नगरेको छ । नेपाल विद्यार्थी संघ घटनाको तत्काल निष्पक्ष, पारदर्शी र न्यायोचित छानबिन गरी दोषीलाई कडा भन्दा कडा कानूनी कारबाही गर्न नेपाल सरकार र सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछ ।’जारी विज्ञप्तीमा भनिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register