‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

काठमाडौं । पुरुषोत्तम बजगाईं आफ्नो पहिलो कृति ‘नीलो प्रेम’ उपन्यास लिएर आएका छन् । काठमाडौंमा बुधबार उक्त कृतिको विमोचन गरिएको छ । स्रष्टा, समालोचक प्रा. डा. कृष्णहरि बराल, राजुबाबु श्रेष्ठ, घनेन्द्र ओझा, विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, लेखकका बुबा पं. उद्धव बजगाईं, लेखककी जीवनसाथी सुजाता चम्लागाईंलगायतले कृति विमोचन गरेका थिए । इन्डिगो इन्कले प्रकाशन गरेको […]

Apr 3, 2025 - 08:13
 0
‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

काठमाडौं । पुरुषोत्तम बजगाईं आफ्नो पहिलो कृति ‘नीलो प्रेम’ उपन्यास लिएर आएका छन् ।

काठमाडौंमा बुधबार उक्त कृतिको विमोचन गरिएको छ । स्रष्टा, समालोचक प्रा. डा. कृष्णहरि बराल, राजुबाबु श्रेष्ठ, घनेन्द्र ओझा, विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, लेखकका बुबा पं. उद्धव बजगाईं, लेखककी जीवनसाथी सुजाता चम्लागाईंलगायतले कृति विमोचन गरेका थिए ।

इन्डिगो इन्कले प्रकाशन गरेको ‘नीलो प्रेम’ विशेषगरी किशोर–किशोरीका प्रेममा केन्द्रित जस्तो देखिए पनि यसमा सामाजिक, सांस्कृतिक, आर्थिक पक्षको समेत मिहीन ढंगले उजागर भएको समीक्षक घनेन्द्र ओझाले बताए । उनले ‘नीलो प्रेम’ आदर्श प्रेमको पक्षमा देखिएको भन्दै यो उपन्यास विषयका हिसाबले सबै उमेर समूहका पाठकका लागि उत्तिकै उपयुक्त रहेको सुनाए ।

लेखक पुरुषोत्तम बजगाईंले आफूले देखे, सुनेका विषयलाई नै उपन्यासको रूप दिएको सुनाए । साहित्यकार राजुबाबु श्रेष्ठले आफूले कुनै समय अभिभावकत्व लिएका पुरुषोत्तमले यति सुन्दर कृति पढ्ने अवसर दिएकामा खुसी व्यक्त गरे ।

प्रा. डा. कृष्णहरि बरालले उपन्यास लेखनका विविध सैद्धान्तिक पक्षको चर्चा गर्दै ‘नीलो प्रेम’ले उपन्यासका सीमा र मान्यतालाई आत्मसात् गरेको बताए । किताबको मूल्य ७९९ रुपैयाँ राखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register