हेड टू हेडमा बलियो लखनऊलाई दोस्रो पटक हराउने धुनमा मुम्बई

काठमाडौं । आईपीएल (IPL) २०२५ को १६औं खेलमा आज लखनऊ सुपरजायन्ट्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल लखनऊको घरेलु मैदान भारत रत्न श्री अटल बिहारी वाजपेयी, एकाना रङ्गशालामा नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ । यो सिजनमा LSG र MI बीचको पहिलो खेल हुनेछ । यो सिजनमा दुई टोलीबीचको चौथो खेल हुनेछ । […]

Apr 4, 2025 - 06:57
 0
हेड टू हेडमा बलियो लखनऊलाई दोस्रो पटक हराउने धुनमा मुम्बई

काठमाडौं । आईपीएल (IPL) २०२५ को १६औं खेलमा आज लखनऊ सुपरजायन्ट्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल लखनऊको घरेलु मैदान भारत रत्न श्री अटल बिहारी वाजपेयी, एकाना रङ्गशालामा नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ ।

यो सिजनमा LSG र MI बीचको पहिलो खेल हुनेछ । यो सिजनमा दुई टोलीबीचको चौथो खेल हुनेछ । लखनऊले ३ खेलमा १ जित र २ हार व्यहोरेको छ । मुम्बईले पनि ३ खेलमा १ मात्र जित हासिल गरेको छ ।

मुम्बईमाथि लखनऊ भारी

आईपीएलमा र मुम्बईबीच ६ खेल भएका छन् । लखनऊले ५ र मुम्बईले १ मात्र जितेको छ । लखनऊमा दुवै टोली दुई पटक आमनेसामने भएका छन्, जसमा ले दुवै पटक जितेको थियो । लखनऊविरुद्ध मुम्बईको एक मात्र जित सन् २०२३ सिजनको एलिमिनेटरमा भएको थियो ।

निकोलस पूरन यस सिजनमा एलएसजीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले २ अर्धशतकसहित १८९ रन बनाएका छन् ।

शार्दुल ठाकुर का सर्वाधिक विकेट लिने बलर हुन् । उनले ३ खेलमा ६ विकेट लिएका छन् ।

यता, मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादव टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ३ खेलमा १०४ रन बनाएका छन् । उनले आफ्नो अन्तिम खेलमा कोलकाता विरुद्ध ९ बलमा अविजित २७ रन बनाएका थिए ।

मुम्बईका लागि बलर अश्विनीकुमार सर्वाधिक विकेट लिने बलर हुन् । आफ्नो अन्तिम र एक मात्र खेलमा उनले कोलकाताविरुद्ध ३ ओभरमा २४ रन दिएर ४ विकेट लिएका छन् ।

पिच रिपोर्ट

लखनऊको एकाना रङ्गशालाको पिच बलिङमैत्री छ । स्पीनरहरूले यहाँ बढी सहयोग पाउँछन् । यहाँ कम स्कोरिङ खेलहरू हुन्छ । यस रङ्गशालामा कुल १५ आईपीएल खेल खेलिकोमा पहिले ब्याटिङ गर्ने टोलीले ७ खेल जितेको छ भने पहिले बलिङ गर्ने टोलीले पनि ७ खेल जितेको छ । १ खेल रद्द भयो ।

मैदानमा सबैभन्दा बढी टोली स्कोर २३५/६ हो, जुन कोलकाता नाइट राइडर्सले गत वर्ष लखनऊ सुपरजायन्ट्सविरुद्ध बनाएको थियो ।

सम्भावित प्लेइङ-१२

लखनऊ : ऋषभ पन्त (कप्तान र विकेटकीपर), एडेन मार्कराम, मिचेल मार्स, निकोलस पूरन, आयुष बडोनी, दिग्वेश राठी, डेभिड मिलर, अब्दुल समद, रवि बिश्नोई, शार्दुल ठाकुर, आवेश खान, एम सिद्धार्थ ।

मुम्बई : हार्दिक पाण्डेय (कप्तान), रोहित शर्मा, रायन रिकेल्टन (विकेटकीपर), विल ज्याक्स, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, मिचेल सान्टनर, दीपक चाहर, ट्रेन्ट बोल्ट, अश्विनी कुमार, विग्नेश पुथुर ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register