जेलेन्स्कीको गृह नगरमा वर्षकै सबैभन्दा ठूलो रुसी हमला, १८जनाको मृत्यु

किभ ।  मध्य युक्रेनी सहर क्रिभिई रिहको आवासीय क्षेत्रमा रुसी मिसाइल आक्रमण भएको छ । सो आक्रमणमा परी ९ बालबालिकासहित कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । यसलाई यस वर्षको मस्कोको सबैभन्दा घातक हमलामध्ये एक भनिएको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा शुक्रबारको आक्रमण भएको हो । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले […]

Apr 5, 2025 - 03:53
 0
 जेलेन्स्कीको गृह नगरमा वर्षकै सबैभन्दा ठूलो रुसी हमला, १८जनाको मृत्यु

किभ ।

 मध्य युक्रेनी सहर क्रिभिई रिहको आवासीय क्षेत्रमा रुसी मिसाइल आक्रमण भएको छ । सो आक्रमणमा परी ९ बालबालिकासहित कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यसलाई यस वर्षको मस्कोको सबैभन्दा घातक हमलामध्ये एक भनिएको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा शुक्रबारको आक्रमण भएको हो ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको लागि जोड दिइरहेका बेला मस्कोवाट यो घातक हमला भएको हो । 

 स्थानीयका अनुसार सो हमलापछि आवासीय घरहरूमा क्षति पुर्‍याएको र भयंकर आगो लागेको निप्रोपेट्रोव्स्कका गभर्नर सेर्ही लिसाकले टेलिग्राम सन्देशमार्फत जानकारी दिएका हुन् । उनका अनुसार  मृतक र घाइतेहरू फुटपाथमा लडिरहेका देख्न सकिन्छ।

युक्रेनी मिडियाका अनुसार सो आक्रमणमा परी कम्तिमा ५० जना घाइते भएका छन् । आपतकालीन सेवाहरूले भनेका छन, ‘यो संख्या बढ्दै गएको छ। ३ महिनाको बच्चासहित ३० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ ।’

रुसी सेनाले ब्यालेस्टिक मिसाइल प्रयोग गरेको मानव अधिकारवादी ओम्बड्सम्यान दिमिट्रो लुबिनेट्सले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register