रविलाई भैरहवा पुर्‍याइयो, सोमबार अदालतमा उपस्थित गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले शनिवार बिहानै भैरहवा पुर्‍याएको छ । शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका रविलाई यती एयरलाइन्सको विमानमार्फत प्रहरीले शनिवार बिहान गौतमबुद्ध विमानस्थलमा पुर्‍याएको हो । प्रहरीले उनलाई शनिवार नै भैरहवा पुर्‍याए पनि जिल्ला अदालतमा भने सोमवार मात्रै उपस्थित गराउने भएको छ । शनिवार र […]

Apr 5, 2025 - 05:09
 0
रविलाई भैरहवा पुर्‍याइयो, सोमबार अदालतमा उपस्थित गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले शनिवार बिहानै भैरहवा पुर्‍याएको छ ।

शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका रविलाई यती एयरलाइन्सको विमानमार्फत प्रहरीले शनिवार बिहान गौतमबुद्ध विमानस्थलमा पुर्‍याएको हो ।

प्रहरीले उनलाई शनिवार नै भैरहवा पुर्‍याए पनि जिल्ला अदालतमा भने सोमवार मात्रै उपस्थित गराउने भएको छ । शनिवार र आइतवार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको हो ।

शुक्रबार उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले जिल्ला अदालत रुपन्देहीको आदेशलाई उल्टाउँदै सहकारीको रकम ठगेको कसुरमा उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register