कचनकवलमा अब शिक्षकको तलब सिधै खातामा

बनियानी, २३ चैत । झापाको कचनकवल गाउँपालिकाका शिक्षकको मासिक तलब–भत्ता अब सिधै उनीहरूको व्यक्तिगत बैंक खातामा जम्मा हुनेछ भएको छ । झापामा ‘पहिलो’ पटक शिक्षकहरुको तलब सोझै उनीहरुको व्यक्तिगत खातामा जम्मा हुने प्रणालीको विकास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले जानकारी दिनुभयो । तलब भुक्तानी प्रक्रियालाई सहज बनाउनुका साथै पारदर्शी र कार्य सम्पादनमा सुधार [...] The post कचनकवलमा अब शिक्षकको तलब सिधै खातामा appeared first on Jhapa Online.

Apr 5, 2025 - 06:04
 0
कचनकवलमा अब शिक्षकको तलब सिधै खातामा

बनियानी, २३ चैत । झापाको कचनकवल गाउँपालिकाका शिक्षकको मासिक तलब–भत्ता अब सिधै उनीहरूको व्यक्तिगत बैंक खातामा जम्मा हुनेछ भएको छ ।

झापामा ‘पहिलो’ पटक शिक्षकहरुको तलब सोझै उनीहरुको व्यक्तिगत खातामा जम्मा हुने प्रणालीको विकास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले जानकारी दिनुभयो । तलब भुक्तानी प्रक्रियालाई सहज बनाउनुका साथै पारदर्शी र कार्य सम्पादनमा सुधार ल्याउने उद्देश्यले यो प्रणाली शुरु गरिएको उहाँले बताउनुभयो ।

“पहिलो चरणमा लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयमा परीक्षण गर्यौं”, उहाँले भन्नुभयो, “परीक्षण सफल भएको छ ।” कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषमा सावधिक जीवन बीमाका लागि विद्यालय कोड र शिक्षकको व्यक्तिगत कोड ‘म्यापिङ’ प्रक्रियामा केही समस्या देखिए पनि प्रणालीको परीक्षण सकारात्मक रूपमा अघि बढिरहेको उहाँ बताउनुहुन्छ ।

विद्यालयको सञ्चय कोष र नागरिक लगानी कोषमार्फत् हुने कट्टीसमेत सोझै व्यक्तिगत खातामा पठाउने प्रणाली परीक्षणको अन्तिम चरणमा पुगेको र परीक्षण सफल भएपछि पालिकाभित्रका सबै विद्यालयमा यो प्रणाली लागू गरिने प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताउनुभयो ।

यो प्रणालीलाई सहज बनाउन सबै शिक्षकलाई आफ्नो ‘केवाइसी’ विवरण अद्यावधिक गर्न अनुरोध गरिएको छ । केवाइसी अद्यावधिक गर्न बाँकी रहेका वा हालै नियुक्त भएका शिक्षकले एक साताभित्र सञ्चय कोषको शाखा कार्यालय बिर्तामोडमा गएर आवश्यक विवरण अद्यावधिक गर्नुपर्ने जनाइएको छ ।

The post कचनकवलमा अब शिक्षकको तलब सिधै खातामा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register