काङ्ग्रेस-एमाले गठबन्धन सरकारको औचित्य पुष्टी हुन सकेन : शेखर कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले काङ्ग्रेस एमाले गठबन्धन सरकारले आफ्नो औचित्य पुष्टी गर्न नसकेको बताएका छन् । राजधानीमा चिकित्सक सुमन कर्मचार्यको कात्रोमा खल्ती पुस्तकको विमोचन गर्दै उनले प्रमुख एजेण्डाबाट विमुख हुँदा सरकारले आफ्नो औचित्य पुष्टी गर्न नसकेको बताएका हुन् । संविधान संशोधनको प्रमुख एजेण्डासहित सरकार गठन भएपनि नौ महिनासम्म पनि त्यसमा कुनै तयारी […]

Apr 6, 2025 - 09:36
 0
काङ्ग्रेस-एमाले गठबन्धन सरकारको औचित्य पुष्टी हुन सकेन : शेखर कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले काङ्ग्रेस एमाले गठबन्धन सरकारले आफ्नो औचित्य पुष्टी गर्न नसकेको बताएका छन् । राजधानीमा चिकित्सक सुमन कर्मचार्यको कात्रोमा खल्ती पुस्तकको विमोचन गर्दै उनले प्रमुख एजेण्डाबाट विमुख हुँदा सरकारले आफ्नो औचित्य पुष्टी गर्न नसकेको बताएका हुन् ।

संविधान संशोधनको प्रमुख एजेण्डासहित सरकार गठन भएपनि नौ महिनासम्म पनि त्यसमा कुनै तयारी नगर्दा सरकारले आफ्नो औचित्य पुष्टी गर्न नसकेको उनले बताए । ‘यो सरकार बनाउँदा संविधानमा सुधार गर्ने कल्पना गरिएको थियो । प्रधानमन्त्रीले समेत संसदको रोष्ट्रममा यो कुरा भन्नुभएको छ । नौ महिना वित्यो सरकारले त्यता ध्यान पुर्‍याउन सकेको छैन यो सरकारले आफ्नो औचित्य पुष्टी गर्न सकेन,’ उनले भने ।

सुशासनको नारा दिइरहेको सरकारले  गर्भनर नियुक्तिमा मापदण्ड नै परिमार्जन गरेको भन्दै उनले आपत्ति व्यक्त गरे । ‘यदि आफ्नो मान्छे लैजान यस्तो गरिएको हो भने त्यसले मुलुकको अर्थतन्त्रलाई नै धरापमा लैजाने छ । यसो गर्नुहुँदैन,’ उनले भने ।

नेता कोइरालाले सम्पत्ति शुद्धिकरण विभाग, राजश्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री कार्यालय मातहतबाट बाहिर ल्याउनुपर्ने उनले बताए । राजनीतिक नेतृत्वहरूले राजनीतिमा सुधारका लागि इच्छाशक्ति देखाउनुपर्ने बताए । सरकारलाई लोकतन्त्रमाथि मजाक गर्ने छुट नरहेको उनको भनाइ छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register