शिवसताक्षीमा मेयर कपः वडा नं. १० ले फुटबल र वडा नं. ७ उचाल्यो भलिबलको उपाधि

शिवसताक्षी, २९ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को फुटबलतर्फको उपाधि वडा नं. १० ले उचालेको छ । वडा नं. ७ लाई ट्राइबेकरमा हराउँदै वडा नं. १० ले उपाधि उचालेको हो । ट्राइबेकरमा वडा नं. १० ले ३–४ गोल अन्तरले वडा नं. ७ लाई हराएको छ । उपाधि जितेसँगै वडा नं. १० ले [...] The post शिवसताक्षीमा मेयर कपः वडा नं. १० ले फुटबल र वडा नं. ७ उचाल्यो भलिबलको उपाधि appeared first on Jhapa Online.

Apr 11, 2025 - 16:23
 0
शिवसताक्षीमा मेयर कपः वडा नं. १० ले फुटबल र वडा नं. ७ उचाल्यो भलिबलको उपाधि

शिवसताक्षी, २९ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को फुटबलतर्फको उपाधि वडा नं. १० ले उचालेको छ ।

वडा नं. ७ लाई ट्राइबेकरमा हराउँदै वडा नं. १० ले उपाधि उचालेको हो । ट्राइबेकरमा वडा नं. १० ले ३–४ गोल अन्तरले वडा नं. ७ लाई हराएको छ । उपाधि जितेसँगै वडा नं. १० ले नगद ५५ हजार र उपविजेता वडा नं. ७ ले नगद ३५ हजारसहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ । उनीहरुलाई नगर प्रमुख मेगाहाङ्ग थोप्राले पुरस्कार प्रदान गर्नुभयो ।

खेलको म्यान आफ दी म्याच र वेष्ट गोलकिक्पर वडा नं. १० गोल किप्पर सुदिप मर्डी घोषित भए । वेष्ट डिफेन्डर वडा नं. ७ खेलाडी रोजिन कार्की, वेष्ट मिटफिल्डर वडा नं. १० खेलाडी सिमन राई, वेष्ट फरवार्ड वडा नं. १० का खेलाडी ओक्साहाङ्ग लिम्बु, हाइस्कोरर अफ दी टुर्नामेन्डमा वडा नं. ११ खेलाडी देव मल्लिक र वडा नं. ८ खेलाडी सोहन थापा घोषित भए । उदयमान खेलाडीको रुपमा वडा नं. ८ खेलाडी सोहन थापा, उत्कृष्ट खेलाडी वडा नं. ७ हेमन लिम्बु घोषित भए । उनीहरुले नगद सहित ट्रफी प्राप्त गरे ।

त्यसैगरी, भलिबलतर्फ उपाधि वडा नं. ७ ले हात पारेको छ । वडा नं. ११ लाई हराउँदै वडा नं. ७ ले हात पारेको हो । विजेता टिम वडा नं. ७ ले नगद ३५ हजार र उपविजेता टिम वडा नं. ११ ले नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यस्तै व्याडमन्टिन खेल तर्फ वडा नं. ९ विजेता बनेको छ । वडा नं. ११ लाई हराउँदै वडा नं. ९ विजेता बनेको हो । वडा नं. ९ का तर्फबाट अग्नी खरेल र समशेर चौधरी र वडा नं. ११ तर्फबाट गम्भीर राई र विकास कुमाल रहेका थिए । विजेता टिमले नगद १५ हजार र उपविजेता टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । मेयर शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा गएको २१ गतेबाट सञ्चालन भएको थियो ।

The post शिवसताक्षीमा मेयर कपः वडा नं. १० ले फुटबल र वडा नं. ७ उचाल्यो भलिबलको उपाधि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register