काठमाडौं आएर ‘धराने मेयर’ले भने : सिंहदरबार छिर्न पनि ‘सेटिङ’ गर्नुपर्ने अवस्था छ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् । आइतबार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्नेमा त्यसको अनुभव नभएको बताएका हुन् । ‘लोकतन्त्रको अनुभव भएको छैन । भोलि सिंहदरबार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्ने खालको स्थिति छ । अब, मलाई त त्यो हुन्छ […]

Apr 6, 2025 - 15:36
 0
काठमाडौं आएर ‘धराने मेयर’ले भने : सिंहदरबार छिर्न पनि ‘सेटिङ’ गर्नुपर्ने अवस्था छ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् ।

आइतबार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्नेमा त्यसको अनुभव नभएको बताएका हुन् ।

‘लोकतन्त्रको अनुभव भएको छैन । भोलि सिंहदरबार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्ने खालको स्थिति छ । अब, मलाई त त्यो हुन्छ भने सर्वसाधरण जनताले मन्त्रीलाई भेट्न सक्छ ?,’ उनले भने ।

देशमा पार्टीगत लबिङ र सेटिङभन्दा माथि उठेर काम नभएकाले राजतन्त्रको माग भइरहेको मेयर साम्पाङले बताए ।

‘लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्छ । पार्टी होइन । जुन सुकै पार्टीबाट चुनिएर आए पनि हामी जनताको प्रतिनिधित्व गर्ने ठाउँमा पुगिसकेपछि त्यहाँ पार्टीगत लबिङ, पार्टीगत सेटिङभन्दा माथि उठेर काम गर्नुपर्छ । त्यो नभएर राजतन्त्रको माग भइरहेको छ ।’

उनले सरकारले जनप्रतिनिधि र जनताको कुरा नसुन्ने कारण पनि जनता रुष्ट भएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register