शिवसताक्षीमा जारी मेयर कप : भलिबलको उपाधि वडा नंं ७ ले उचाल्यो, फुटबल तर्फ वडा नं. ७ सेमीमा प्रवेस

शिवसताक्षी, २४ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कपको २०८१को भलिबल तर्फको उपाधि वडा नं. ७ ले उचालेको छ । वडा नं. ११ लाई ३–१ ले हराउँदै वडा नं. ७ च्याम्पियन बनेको हो । खेलको म्यान अफदी म्याच वडा नं. ११ का रमेश खड्का घोषित भए भने उनले नगद ११ सय प्राप्त गरे । त्यस्तै [...] The post शिवसताक्षीमा जारी मेयर कप : भलिबलको उपाधि वडा नंं ७ ले उचाल्यो, फुटबल तर्फ वडा नं. ७ सेमीमा प्रवेस appeared first on Jhapa Online.

Apr 6, 2025 - 16:19
 0
शिवसताक्षीमा जारी मेयर कप : भलिबलको उपाधि वडा नंं ७ ले उचाल्यो, फुटबल तर्फ वडा नं. ७ सेमीमा प्रवेस

शिवसताक्षी, २४ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कपको २०८१को भलिबल तर्फको उपाधि वडा नं. ७ ले उचालेको छ । वडा नं. ११ लाई ३–१ ले हराउँदै वडा नं. ७ च्याम्पियन बनेको हो । खेलको म्यान अफदी म्याच वडा नं. ११ का रमेश खड्का घोषित भए भने उनले नगद ११ सय प्राप्त गरे ।

त्यस्तै आज भएको फुटबल खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ७ सेमी फाइनलमा प्रवेश गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ लाई ३–० गोल अन्तरले हराउँदै वडा नं. ७ सेमी फाइनलमा प्रवेश गरको हो । वडा नं. ७ का तर्फबाट हेमन लिम्बु, अनुज माझी, र युनिस माझीले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच वडा नं. ७ का आयुष भट्टराई घोषित भए । उनले नगद २ हजार १ सय प्राप्त गरे ।

भलिबलतर्फको विजेता टिमलाई ३५ हजार र, उपविजेता टिमलाई २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रतियोगिताको अन्तिम दिन वितरण गरिने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । भोलि सोमबार फुटबल तर्फ वडा नं. ८ र ११ बीच खेल हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

The post शिवसताक्षीमा जारी मेयर कप : भलिबलको उपाधि वडा नंं ७ ले उचाल्यो, फुटबल तर्फ वडा नं. ७ सेमीमा प्रवेस appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register