मन्त्रिपरिषद् बैठक बस्दै, कुरो मिले राष्ट्र बैंकको गभर्नर नियुक्ति आजै !

काठमाडौँ । सोमबार (चैत २५ गते) मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ ।  सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल छ । एक मन्त्रीका अनुसार आज (सोमबार) बस्ने मन्त्रिपरिषद्को बैठकमा गभर्नर नियुक्तिको एजेण्डा मूलभूत प्रस्तुत गरिँदैछ ।  ‘मन्त्रिपरिषद् बैठक दिउँसो […]

Apr 7, 2025 - 05:58
 0
मन्त्रिपरिषद् बैठक बस्दै, कुरो मिले राष्ट्र बैंकको गभर्नर नियुक्ति आजै !

काठमाडौँ । सोमबार (चैत २५ गते) मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ । 

सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल छ । एक मन्त्रीका अनुसार आज (सोमबार) बस्ने मन्त्रिपरिषद्को बैठकमा गभर्नर नियुक्तिको एजेण्डा मूलभूत प्रस्तुत गरिँदैछ । 

‘मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्नेगरी बोलाइएको छ । सम्भवतः आजको बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सक्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती मन्त्रीले भने, ‘बैठकमा गभर्नर नियुक्तिको एजेण्डा प्रस्तुत गरिने पक्का छ । अन्यथा नभएर आजै गभर्नर नियुक्तिको निर्णय पनि हुन्छ ।’ 

राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ गते सकिएपछि हाल राष्ट्र बैंकको गभर्नर पद रिक्त छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register