गाजामा इजरायली हवाई आक्रमण , ३ सय ३० जनाको ज्यान गयो

एजेन्सीँ, ५ चैत । इजरायलले गाजामा गरेको हवाई आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३ सय ३० जना पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो महिला र बालबालिका रहेका मन्त्रालयका प्रमुख मोहम्मद जकौतलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले लेखेको छ । इजरायली आक्रमण सयौं घाइते भएका [...] The post गाजामा इजरायली हवाई आक्रमण , ३ सय ३० जनाको ज्यान गयो appeared first on Jhapa Online.

Mar 18, 2025 - 08:00
 0
गाजामा इजरायली हवाई आक्रमण , ३ सय ३० जनाको ज्यान गयो

एजेन्सीँ, ५ चैत । इजरायलले गाजामा गरेको हवाई आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३ सय ३० जना पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमा धेरैजसो महिला र बालबालिका रहेका मन्त्रालयका प्रमुख मोहम्मद जकौतलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले लेखेको छ । इजरायली आक्रमण सयौं घाइते भएका र तीमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । इजरायलले हवाई आक्रमण शुरू गर्नुअघि ह्वाइट हाउसलाई सूचना दिएको एक इजरायली अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएका खबरमा उल्लेख छ ।

युद्धविराम बढाउने वार्ता सहमतिमा पुग्न असफल भएपछि इजरायली सेनाले ‘व्यापक’ आक्रमण गरिरहेको बताएको छ । जनवरी १९ मा युद्धविराम लागू भएयता यो सबैभन्दा ठूलो हवाई आक्रमण हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले हमासले आफ्ना देशका बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्तावहरू अस्वीकार गरेको आरोप लगाउँदै अबदेखि हमासविरुद्ध बढ्दो सैन्य शक्तिका साथ कारबाही गर्ने बताएको छ । हमासलाई दबाव दिन इजरायलले गाजामा मानवीय सहायता र बिजुली आपूर्ति कटौती गरेको छ ।

हमासले इजरायललाई रक्षाहीन नागरिकहरूमाथि आक्रमण गरेको आरोप लगाउँदै मध्यस्थकर्ताहरूले इजरायललाई युद्धविराम उल्लङ्घनका लागि पूर्णरूपमा जिम्मेवार ठहराउनुपर्ने बताएको छ । हमासले यो आक्रमणले इजरायलका बाँकी बन्धकहरूको भविष्यलाई अन्योल बनाएको पनि जनाएको छ ।

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायमा आक्रमण गर्दा एक हजार दुई सय जनाको ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । यो आक्रमणपछि इजरायलले गाजामा शुरू गरेको कारबाहीमा अहिलेसम्म ४८ हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो गैरसनिक छन् ।

मार्च १ तारिखमा अस्थायी युद्धविरामको पहिलो चरण समाप्त भएपछि वार्ताकारहरूले अगाडि बढ्ने बाटो खोज्ने प्रयास गरिरहेका छन् । अमेरिकाले पहिलो चरणलाई अप्रिलको मध्यसम्म लम्ब्याउने प्रस्ताव गरेको थियो जसमा हमासले बन्धक र इजरायलले प्यालेस्टिनी कैदीको थप आदानप्रदान गर्ने विषयलाई समावेश छ । तर वार्ताको प्रक्रिया अघि बढ्न सकेको छैन ।

The post गाजामा इजरायली हवाई आक्रमण , ३ सय ३० जनाको ज्यान गयो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register