लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलनः कर तिर्ने र उठाउने एउटै मञ्चमा, करका विषयमा वृहत छलफल (तस्विरहरु) 

काठमाडौँ । लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलनको दोस्रो दिन कर, कर नीति र करका विषयमा हुनुपर्ने नीतिगत परिवर्तनका विषयमा खास चर्चा गरिएको छ ।  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित चौथो लेखा व्यवसायी सम्मेलनमा करका विषयमा खास चर्चा गरिएको हो । दोस्रो दिन सम्मेलनको पहिलो सत्रमा गरिएको ‘प्यानल डिस्कसन’मा ‘लचिलो कर […]

Apr 9, 2025 - 11:15
 0
लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलनः कर तिर्ने र उठाउने एउटै मञ्चमा, करका विषयमा वृहत छलफल (तस्विरहरु) 

काठमाडौँ । लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलनको दोस्रो दिन कर, कर नीति र करका विषयमा हुनुपर्ने नीतिगत परिवर्तनका विषयमा खास चर्चा गरिएको छ । 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित चौथो लेखा व्यवसायी सम्मेलनमा करका विषयमा खास चर्चा गरिएको हो । दोस्रो दिन सम्मेलनको पहिलो सत्रमा गरिएको ‘प्यानल डिस्कसन’मा ‘लचिलो कर प्रणालीका लागि अन्तराष्ट्रिय अभ्यास’ का विषयमा कर विज्ञसँग छलफल र अन्तरक्रिया गरिएको थियो । 

उक्त प्यानल डिस्कसन आईक्यानका उपाध्यक्ष निल बहादुर सारुले सञ्चालन गरेका थिए भने पूर्व अर्थसचिव रामेश्वर खनाल, आईक्यानका पूर्वअध्यक्ष सुदर्शनराज पाण्डे, उद्योग वाणिज्य महासंघको कर तथा राजस्व समितिका अध्यक्ष अम्बिका प्रसाद पौडेल, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदम कुमार श्रेष्ठ प्यानलिस्ट रहेका थिए । 

छलफलमा हाल नेपालको कर प्रणाली, कर प्रणालीमा देखिएका समस्या, समाधानका उपाय र करका विषयमा उद्योगी व्यवसायीमा देखिएको अन्यौलताअफ्ठ्याराका विषयमा छलफल गरिएको थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register