मधेश : सरकारमाथि उठेको प्रश्नबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन निर्देशन

जनकपुरधाम । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सरकारमाथि उठेको प्रश्नबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन निर्देशन दिएका छन् । बुधबारको बैठकमा सभामुख मण्डलले सो निर्देशन दिएका हुन् । चैत १० गतेदेखि अनाधिकृत रूपमा कमिसन लिएर योजना बिक्री हुने गरेको आरोप लगाउँदै विपक्षी दल जसपा नेपाल र माओवादी केन्द्रले संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको […]

Apr 9, 2025 - 12:48
 0
मधेश : सरकारमाथि उठेको प्रश्नबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन निर्देशन

जनकपुरधाम । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सरकारमाथि उठेको प्रश्नबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन निर्देशन दिएका छन् ।

बुधबारको बैठकमा सभामुख मण्डलले सो निर्देशन दिएका हुन् ।

चैत १० गतेदेखि अनाधिकृत रूपमा कमिसन लिएर योजना बिक्री हुने गरेको आरोप लगाउँदै विपक्षी दल जसपा नेपाल र माओवादी केन्द्रले संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आइरहेका थिए ।

अवरोध फुकाउनको लागि सभामुख कार्यालयले गत शुक्रबार डाकेको सर्वदलीय बैठकले छानबिन समिति बनाउने सहमति भएको थियो । सोहीअनुसार छानबिन समिति बनाउन सभामुखले निर्देशन दिएका हुन् ।

प्रतिपक्ष सांसदहरूले सरकारले योजना खरिद बिक्री गरिरहेको, ससर्त अनुदानमा कमिसन लिएको र प्रत्यक्ष सांसदलाई दिइने ५ करोड र समानुपातिकलाई दिइने डेढ करोडमा सरकार पूर्वाग्रही भएको आरोप लगाउँदै आएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register