पाउपाथीभरामा एघार दिवसीय शिव महापुराण भव्यताका साथ सम्पन्न

चन्द्र बस्नेत चारआली, २७ चैत । झापा मेचीनगरको चाराआली स्थित पाउपाथीभरा मन्दिर परिषरमा गत १७ आईतबारबाट आज बुधबार २७ गतेसम्म लगाइएको एघार दिवसीय शिव महापुराण श्रीमद्भागवत ज्ञान महायज्ञ सम्पन्न भएको छ। पाउपाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिको आयोजनामा लगाइएको एघार दिवसीय शिव श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ २७ गते आज बुधबार सम्पन्न भएको हो । गत [...] The post पाउपाथीभरामा एघार दिवसीय शिव महापुराण भव्यताका साथ सम्पन्न appeared first on Jhapa Online.

Apr 9, 2025 - 17:08
 0
पाउपाथीभरामा एघार दिवसीय शिव महापुराण भव्यताका साथ सम्पन्न

चन्द्र बस्नेत

चारआली, २७ चैत । झापा मेचीनगरको चाराआली स्थित पाउपाथीभरा मन्दिर परिषरमा गत १७ आईतबारबाट आज बुधबार २७ गतेसम्म लगाइएको एघार दिवसीय शिव महापुराण श्रीमद्भागवत ज्ञान महायज्ञ सम्पन्न भएको छ।


पाउपाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिको आयोजनामा लगाइएको एघार दिवसीय शिव श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ २७ गते आज बुधबार सम्पन्न भएको हो ।


गत १७ गते आईतबार देखी लगाइएको महायज्ञ स्थलमा सम्पुर्ण धर्मप्रेमी महानुभावहरु विभिन्न संघ–सस्थाका प्रमुख तथा प्रतिनिधि , जिल्लाका प्रमुख जिल्ला अधिकारी देखि प्रहरी प्रमुख सम्म त्यस्तै आमा समूह , महिला समूह,भजनकृतन मंडली , उद्योगी –ब्यापारी , शिक्षासेवी, विद्यार्थी , पन्च कन्या , विभिन्न गुरुकुलका महानुभावहरु लाखौंको संङ्ख्यामा श्रद्धालुभक्तजनहरु महायज्ञमा सहभागी हुनुभएको पाउपाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिका अध्यक्ष तथा पुराण व्यवस्थापन समितिका संयोजक लोकराज ढकालले जानकारी दिनुभयो महायज्ञ समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भन्नुभयो “सहयोग सद्धभाव राख्नु हुन सबै प्रति नमन सहित आभार व्यक्त गर्छु। भक्तजनहरुकोअत्यन्तै उत्साह जनक सहभागिता र माधुर्य कथावाचक बालकृष्ण अर्यालको दिव्य वाणी सुनेर सबै खुशी र आनन्दित भएको महसुस भएको हाम्रो ठहर छ।” आगामी दिनहरूमा समेत यसैगरी समितिका साथीहरू , अन्य सबै सहयोगी मनहरु सबैमा हार्दिक नमन” हजुरहरुको सहयोगले आज सफल भएको भन्दै सहयागीहरुको खुलेर प्रशंसा गर्नुभएको थियोे ।साथै उहाँले कलाकार हरुको सुमधुर स्वरले सबैको मन जित्न सफल भएको सहयोग र सद्भावको लागि पुनः नमन गर्दै आभार प्रकट गर्नुभएको थियोे ।


महायज्ञमा संस्थाका संस्थापक अध्यक्ष हरिचरण बानियाँदेखि सम्पुर्ण पुर्व कार्यसमिति वर्तमान समिती विभिन्न धर्मप्रेमी महानुभावहरु विभिन्न संघ–सस्थाका प्रमुख तथा प्रतिनिधि , जिल्लाका प्रमुख जिल्ला अधिकारी देखि प्रहरी प्रमुख सम्म त्यस्तै आमा समूह , महिला समूह,भजनकृतन मंडली , उद्योगी –ब्यापारी , शिक्षासेवी, विद्यार्थी , पन्च कन्या , विभिन्न गुरुकुलका महानुभावहरु लाखौंको संङ्ख्यामा श्रद्धालुभक्तजनहरु महायज्ञमा सहभागी हुनुभएको थियोे ।

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याण र विश्व शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पुरा गर्न साथै विश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी, विपति आईनपरोस भन्नका लागि महायज्ञको आयोजना गरिएको संस्थाका अध्यक्ष तथा पुराण व्यवस्थापन समितिका संयोजक ढकालले जानकारी दिनुभयो ।
महायज्ञ सम्पन्न गर्न १ सय १ मुल आयोजक समिति गठन गरेको र विभिन्न १७ वटा उपसमिति गठन गरि महायज्ञ सम्पन्न गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष तथा महायज्ञ समितिका पुजा व्यवस्थापन समितिका संयोजक यामनाथ बरालले बताउनुभयो ।

हरेक वर्ष पाउपाथीभरा मन्दिर परिषरमा ज्ञान महायज्ञ आयोजना हुने गरेको र यसकै निरन्तरता स्वरूप यसवर्ष पनि एघार दिवसीय महायज्ञ सम्पन्न गरेको प्रचारप्रसार समितिका संयोजक रेवत कुमार दाहालले बताउनुभयो ।


महायज्ञमा नेपाल सहित छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु सहभागी भएको संस्थाका कोषाध्यक्ष तथा पुराण व्यवस्थापन समितिका आर्थिक संयोजक लालबहादुर थेवेले बताउनुभयो ।

महायज्ञको कथा वाचन आचार्य प.बालकृष्ण अर्याल र पाठ पारायण पं.प्रदिप दवाडीबाट भएको थियोे ।

The post पाउपाथीभरामा एघार दिवसीय शिव महापुराण भव्यताका साथ सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register