मेरो जीवनको ग्यारेन्टी भए २४ घण्टाभित्र सार्वजनिक हुन्छु : दुर्गा प्रसाईं (भिडिओ)

काठमाडौं । फरार अवस्थामा रहेका राजावादी अभियन्ता दुर्गा प्रसाईंले सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घण्टाभित्रै सार्वजनिक हुने घोषणा गरेका छन् । गुप्त स्थानबाट बुधबार राति नयाँ भिडिओ सन्देश जारी गर्दै उनले १५ गतेको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनका परिवारलाई ५–५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जानकारी दिएका छन् । ‘मेरा वकिलहरू […]

Apr 10, 2025 - 03:33
 0
मेरो जीवनको ग्यारेन्टी भए २४ घण्टाभित्र सार्वजनिक हुन्छु : दुर्गा प्रसाईं (भिडिओ)

काठमाडौं । फरार अवस्थामा रहेका राजावादी अभियन्ता दुर्गा प्रसाईंले सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घण्टाभित्रै सार्वजनिक हुने घोषणा गरेका छन् ।

गुप्त स्थानबाट बुधबार राति नयाँ भिडिओ सन्देश जारी गर्दै उनले १५ गतेको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनका परिवारलाई ५–५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जानकारी दिएका छन् ।

‘मेरा वकिलहरू टङ्क दुलाल, सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र भण्डारी, स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठ, भीमार्जुन आचार्यलगायत र मानवअधिकारवादीको रोहबरमा भोलि नै उपस्थित हुन तयार छु । म नेपालकै कुनै ठाउँमा छु । सार्वजनिक हुन्छु । मेरो जीवनको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छु,’ सन्देशमा प्रसाईंले भनेका छन् ।

उनले आफूबाट नेतृत्व हत्याउने कोसिस भइरहेको आरोप लगाएका छन् ।

‘म भागेको छैन । म जोगिएकोमात्र हो । त्यो दिन कस्ता–कस्ता मान्छेले घरका छतबाट कसरी ताकेका रहेछन् भन्ने भिडिओ बाहिर आइरहेका छन् । म भाग्न जन्मेको होइन । विवश भएर हो । प्रचण्ड, केपी ओली र अर्को राजावादी हुँ भन्ने पार्टीकै व्यक्ति बसेर १५ गतेको आन्दोलनलाई डिसमिस बनाउनुपर्छ, दुर्गा प्रसाईंलाई पागल, जोकर बनाउनुपर्छ भनेर निर्णय गरेका रहेछन् । मबाट नेतृत्व हत्याउने कोसिस भइरहेको छ । तर म अरु ऊर्जा र उमङ्गका साथ, नयाँ योजनाका साथ आउँदैछु,’ उनले भनेका छन् ।

प्रसाईंको सचिवालयको फेसबुक पेजबाट भिडिओ सार्वजनिक भएको हो । साढे आठ मिनेट लामो भिडिओमा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् ।

यसअघि पनि प्रसाईंले चैत १७ गते भिडिओ सन्देश जारी गर्दै आफ्नो कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र सादा पोसाकका प्रहरीले घुसपैठ गर्दा अप्रिय घटना घटेको दाबी गरेका थिए ।

हेरौँ भिडिओ :

 

फरार दुर्गा प्रसाईंले भिडिओ सन्देशमार्फत मागे प्रहरीसँग माफी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register