चट्याङले लागेर २ जनाको मृत्यु

झापा, २८ चैत । झापा र मोरङमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका(३ घर भई हाल झापाको गौरादह नगरपालिका(५ बालुबथान बस्दै आएकी ५४ वर्षीय दुधकुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी [...] The post चट्याङले लागेर २ जनाको मृत्यु appeared first on Jhapa Online.

Apr 10, 2025 - 07:49
 0
चट्याङले लागेर २ जनाको मृत्यु

झापा, २८ चैत । झापा र मोरङमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ ।

चैत २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका(३ घर भई हाल झापाको गौरादह नगरपालिका(५ बालुबथान बस्दै आएकी ५४ वर्षीय दुधकुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली खटी गई कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी दमक अस्पताल पुर्यारएको थियो ।

यसका साथै चैत्र २७ गते दिउँसो साढे १२ बजे बर्षासँगै परेको चट्याङले लाग्दा साइकल कुदाइरहेका सुनसरीको इटहरी घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका-१ होक्लाबारी स्थित मामाघरमा आएका १२ वर्षीय बालक आविष्कार बराल घाइते भएका थिए । घाइते उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको थियो ।

The post चट्याङले लागेर २ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register