दुर्गा प्रसाईंलाई ल्याउँदै गरेको थाहा पाएपछि मेची पुल पुगे समर्थक, सुरक्षा व्यवस्था दोब्बरले बढाइयो !

काठमाडौँ । भारतीय प्रहरीले नियन्त्रणमा लिएका दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदै गरेको थाहा पाएपछि प्रसाईंका परिवार र समर्थक मेची पुल पुगेका छन् । शुक्रबार बिहानै प्रसाईंका परिवार र समर्थक मेची पुल पुगेका हुन् ।  प्रसाईंलाई बिहीबार भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रसाईंको सचिवालयले भने प्रसाईंले स्वयम् प्रहरीमा पुगेर आत्मसमर्पण गरेको बताएको छ ।  यता नेपाल […]

Apr 11, 2025 - 04:46
 0
दुर्गा प्रसाईंलाई ल्याउँदै गरेको थाहा पाएपछि मेची पुल पुगे समर्थक, सुरक्षा व्यवस्था दोब्बरले बढाइयो !

काठमाडौँ । भारतीय प्रहरीले नियन्त्रणमा लिएका दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदै गरेको थाहा पाएपछि प्रसाईंका परिवार र समर्थक मेची पुल पुगेका छन् । शुक्रबार बिहानै प्रसाईंका परिवार र समर्थक मेची पुल पुगेका हुन् । 

प्रसाईंलाई बिहीबार भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रसाईंको सचिवालयले भने प्रसाईंले स्वयम् प्रहरीमा पुगेर आत्मसमर्पण गरेको बताएको छ । 

यता नेपाल प्रहरीले भने प्रसाईंलाई पक्राउ नगरिएको बताएको छ । तर, औपचारिक रुपमा नेपाल प्रहरीले पक्राउ नगरेको भएकाले पक्राउ नगरिएको दाबी प्रहरीले गरेको हुनसक्ने बताइएको छ । प्रसाईंलाई नेपाल ल्याएपछि नेपाल प्रहरीले औपचारिक रुपमा पक्राउ गरेर सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ । 

पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट भारतीय प्रहरीको नियन्त्रणमा आएका प्रसाईंलाई नेपाल ल्याइँदै गरेको प्रसाईंको पारिवारिक स्रोतले पुष्टि गरेको छ । प्रसाईंलाई ल्याउँदै गरेको थाहा पाएपछि हाल प्रसाईंका आफन्त र समर्थक मेची पुल पुगेका छन् । प्रसाईंका समर्थकको संख्या बढ्दै गएपछि मेची पुलमा सुरक्षा व्यवस्था पनि दोब्बरले बढाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register