सूर्य थापालाई धम्की दिएको आरोपमा एक युवक पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापालाई धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका-११ का २९ वर्षीय प्रदीप पन्त छन् । पन्त पक्राउ परेको जानकारी थापा आफैँले सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनले पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा प्रहरीलाई धन्यवादसमेत दिएका छन् । थापाले सामाजिक […]

Apr 11, 2025 - 08:14
 0
सूर्य थापालाई धम्की दिएको आरोपमा एक युवक पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापालाई धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका-११ का २९ वर्षीय प्रदीप पन्त छन् ।

पन्त पक्राउ परेको जानकारी थापा आफैँले सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनले पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा प्रहरीलाई धन्यवादसमेत दिएका छन् ।

थापाले सामाजिक सञ्जालमा राखेको कागजातअनुसार पन्त लौरो अभियानको केन्द्रीय सदस्य हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register