प्रशासनले राप्रपालाई भृकुटीमण्डपमा आमसभा गर्न नदिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यही चैत २६ गते भृकुटीमण्डपमा आमसभा गर्न नदिने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको सुझावका आधारमा यो निर्णय गरिएको प्रशासकीय अधिकृत सुजन शुभ भ्लोनले आइतबार राप्रपालाई लेखेकाे पत्रमा उल्लेख छ । भृकुटीमण्डपमा शिक्षकको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमलगायत पूर्व निर्धारित कार्यक्रमहरू पनि भइरहेकाले सुरक्षा संवेदनशिलतालाई […]

Apr 6, 2025 - 17:21
 0
प्रशासनले राप्रपालाई भृकुटीमण्डपमा आमसभा गर्न नदिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यही चैत २६ गते भृकुटीमण्डपमा आमसभा गर्न नदिने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समितिको सुझावका आधारमा यो निर्णय गरिएको प्रशासकीय अधिकृत सुजन शुभ भ्लोनले आइतबार राप्रपालाई लेखेकाे पत्रमा उल्लेख छ ।

भृकुटीमण्डपमा शिक्षकको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमलगायत पूर्व निर्धारित कार्यक्रमहरू पनि भइरहेकाले सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको प्रशासनको भनाइ छ ।

यता राप्रपाले भने २६ गते भृकुटीमण्डपमा आमसभा गर्ने भनेर प्रचार गरिसकेको छ । प्रशासनले ढिलोगरी सूचना निकाल्दै उक्त स्थानमा आमसभा गर्न नदिने भएपछि उसलाई केही कठिनाइ पर्ने देखिन्छ ।

राजसंस्था र हिन्दूराष्ट्रको पक्षधर दल राप्रपा तीनकुने घटनामा पक्राउ परेका आफ्ना नेता–कार्यकर्ताको रिहाइको मागसहित केही दिनयता आन्दोलनरत छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register